बिज्ञापन
नुवाकोटका सूर्यगढी गाउँपालिकाका शिक्षक कर्मचारीहरुले तीन महिनादेखि तलब पाउन सकेका छैनन् । दसैं आउनै लाग्दा समेत पालिकाबाट बृद्धबृद्धा,अपाङ्ग,एकल महिलाहरुले सामाजिक सुरक्षा भत्ता समेत पाउन नसक्ने स्थिति बन्दै गएको । तीन महिनादेखि स्थानीय तहका सयौं कर्मचारीहरुले तलबविहिन हुनुको पछाडि कारण भनिएको छ,लेखा अधिकृत ।
गत साउनदेखि अहिलेसम्म तलब नपाएको पालिकाका कर्मचारीहरुले गुनासो गरेका छन् । ‘तलब नपाएको महिनौ भइसक्यो, दशै आउन १० दिन बाँकी छ । पालिकाको खाता सञ्चालन हुन सकेको छैन । तलब आउने नआउने कुनै टुंगो छैन ।
कार्यापालिका र आर्थिक प्रशसन शाखाको लफडाका कारण कर्मचारीहरु तलब विहिन हुन परेको उनीहरुको पीडा पोखेका छन् । दसैंको मुखमा तलब नपाउने चिन्तामा आफूहरु रहेको सो पालिकाका कर्मचारीहरु बताउँछन् । पालिका मातहत सय कर्मचारी र २५० भन्दा बढी शिक्षकहरु तीन महिनादेखि तलब विहिन हुनु परेको हो ।
बिज्ञापन
स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा ७३ (१)ले अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्चको अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ तर पालिकाका अध्यक्ष सन्त बहादुर घले तामाङले यस्तो अख्तियारी हालसम्म प्रमुख प्रशासकीय अधिकृतलाई प्रदान नगर्दा समस्या आएको र कार्यपालिका र आर्थिक प्रशासन शाखाबीचको लफडाका कारण स्वास्थ्य सेवा सञ्चालन गर्न,औषधि खरिद,विपद् व्यवस्थापन,सामाजिक सुरक्षा भत्तादेखि अत्यावश्यक स्वास्थ्यका सामाग्री खरिद,एम्बुलेन्स सञ्चालन गर्न समेत नसक्ने स्थितिमा पालिका पुगेको छ । ठेक्का पट्टाहरु समेत लाग्न सकेको छैन । पालिकामा लेखा अधिकृतको रुपमा कार्यरत छिन्,सम्पदा न्यौपाने । उनै अधिकृत र पालिकाका जनप्रतिनिधिहरुबीचको लफडाको कारण यस्तो स्थिति आइपुगेको भन्दै पालिकालाई आवश्यक सहजीकरण गरिदिन पत्राचार समेत गरेको भए पनि प्रदेशले समन्वय नगरिदिएको पालिका स्रोतले जनाएको छ ।
पालिकाले लेखा प्रमुखलाई हटाउन लागि प्रदेश सरकारलाइ पटक पटक गुहार्दा समेत नसुनेको पालिका स्रोतले जनाएको छ । पालिकाले प्रदेशका प्रमुख सचिवलाई पत्र लेखेर आवश्यक सहजीकरण गरिदिन भने पनि प्रदेश सरकारले नसुनेको जनाइएको छ । सिन्धुपाल्चोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,बागमती प्रदेशबाट गत बर्ष कार्तिक १२ मा हाजिर भएकी न्यौपाने थिइन । चालु आर्थिक बर्षको खाता सञ्चालन हुन नसक्नुमा कार्यपालिकाले उनै लेखा अधिकृतलाई दोष लगाएको छ । यो बिषयमा लेखा अधिकृत न्यौपानेसँग बुझ्न प्रयास गर्दा उनको मोवाइल अफ रहेको पाइयो । उता पालिकाका अध्यक्ष सन्त बहादुर घले तामाङ भने अहिले एउटा कार्यक्रममा छु भन्दै पन्छिए ।





























