सरकारले निजामती कर्मचारीहरुलाई लोकसेवा आयोग पढाउन समेत रोक लगाएको छ । सङ्घीय संसद्मा दर्ता गराएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा यस्तो प्रावधान राखिएको हो ।
बिज्ञापन
विधेयकको दफा ८१ को ३ मा यस्तो प्रावधान राखिएको छ । जहाँ भनिएको छ,लोकसेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने प्रतियोगितात्मक परीक्षाको तयारीका लागि सञ्चालन गरिने प्रशिक्षण कार्यक्रममा कुनै पनि निजामती कर्मचारीले प्रशिक्षण दिन पाउनेछैन ।”
विधेयकको व्यवस्थाअनुसार निजामती कर्मचारीले अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने प्रावधान राखिएको छ ।
बिज्ञापन
उपदफा १ मा निजामती कर्मचारीले अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्नेगरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्न नहुने र उपदफा ३ मा लोक सेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने प्रतियोगितात्मक परीक्षाको तयारीका लागि सञ्चालन गरिने प्रशिक्षण कार्यक्रममा कुनै पनि निजामती कर्मचारीले प्रशिक्षण दिन बन्देज लगाउने प्रस्ताव राखिएको छ ।





























