हिजो मध्यरात पक्राउ गरिएका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई प्रहरीले छाडेको छ । गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा भएका हुन् ।
बिज्ञापन
प्रहरीले उनलाई पक्राउ नगरेर सुरक्षाको लागि आफ्नो कार्यालयमा ल्याएको दावी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति महाराजगञ्जस्थित घरबाट नियन्त्रणमा लिएको थियो । बिनापुर्जी मध्यरात बाँसबारीस्थित घरमा पक्रन आएको प्रहरी टोलीसँग राणाले कसूरसहितको पुर्जी मागेका थिए । तर, प्रहरीले पक्राउको कुनै चित्तबुझ्दो आधार र कारण दिन नसकेपछि झण्डै १२ घण्टा हिरासतमा बिताएका राणा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,टेकूबाट अहिले गाडी चलाउँदै घर गएका छन् । राणालाई उनका छोराको जिम्मा लगाइएको हो। राणाको अवस्था बुझ्न गएको राष्ट्रियमा मानव अधिकार आयोग रित्ता हात फर्किएको छ। आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वमा गएको टोली करिब एक घण्टा प्रहरी कार्यालयको गेटमा बसे पनि भित्र जना नदिइएपछि आयोगको टोली फर्किको थियो।
आयोगको टोली फर्किएपछि प्रहरीले राणालाई परिवारको जिम्मा लगाएको हो।





























