सरकारले विभिन्न १३ देशका लागि नयाँ राजदूत नियुक्तको सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले बेलायत,जर्मनी,भारत,अमेरिका र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्ने भएको हो ।
बिज्ञापन
राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस भएकामा पूर्व प्रधानसेनापतिदेखि पूर्वमन्त्रीका छोरासम्म रहेका छन् । भारतका लागि नेपाली राजदूतमा निश्चलराज पाण्डे, चीनका लागि डा कल्याणराज शर्मा, अमेरिकाको लागि चिरजंग थापा, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सारु जोशी, ओमानका लागि डा पद्माक्षी राणा, मलेसियाका लागि चुणामणि खरेल, दक्षिण कोरियाका लागि प्रा डा संगम श्रेष्ठ, श्रीलंकाका लागि डा मञ्चल झा, साउदी अरबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरेको छ ।
बिज्ञापन
प्रस्तावित नाममध्ये बेलायतका लागि पूर्व प्रधानसेनापति गौरवसमशेर जंगबहादुर राणा,जर्मनीका लागि सरु जोशी,भारतका लागि डा निश्चलनाथ पाण्डे,अमेरिकाका लागि चिरनजंग थापा र चीनका लागि डा कल्याणराज शर्मा छन् । विभिन्न मुलुकमा रहेका नेपाली राजदूतावास तथा नियोगमध्ये २२ स्थानमा राजदूत खाली छन् । तीमध्ये १३ देशका लागि आज सिफारिस गरिएको हो ।


























