बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

बागमती प्रदेश सरकारले प्रदेशको १४४ दरबन्दी कटौती गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभित्र विभिन्न मन्त्रालय तथा कार्यालयहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्दै १४४ दरबन्दी कटौती गरेको हो । प्रदेश सरकारमा अब ८ मन्त्रालय र १८० कार्यालयहरू कायम रहने भएको छ । यसअघि मौजुदा दरबन्दी ४ हजार ८१४ रहेकोमा १४४ दरबन्दी कटौतीमा परेसँगै अब ४ हजार ६८० कायम रहेको प्रदेश सरकारले जनाएको छ ।

बिज्ञापन

स्वीकृत ओएण्डएमका आधारमा प्रदेशको मौजुदा दरबन्दी पुनरवलोकन गर्दै १४४ वटा दरबन्दी कटौती गर्ने मन्त्रिपरिषद्को निर्णय गरेको हो । यसैगरी, प्रदेशका समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा सदस्य सचिव र कार्यालय सहयोगीसहित २४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।
अस्थायी दरबन्दी रहनेमा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत विभिन्न सरसफाइ डिभिजनहरूमा रिक्त रहेका खापा सिएम, सहायक पम्प अपरेटर, हलुका सवारी चालक, कार्यालय सहयोगी, महिला कार्यकर्ता तथा सिभिल सेनेटरी लगायतका विभिन्न पदहरूमा ९० जनाको अस्थायी दरबन्दी पनि स्वीकृत गरिएको छ । विगतदेखि नै अस्थायी रूपमा कार्यरत रहँदै आएका कर्मचारीहरूको व्यवस्थापनका लागि उक्त निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।
यस्तै हिजोको क्याविनेटले बैठकले बागमती प्रदेशको कृषि, वन तथा वातावरण मन्त्रालय मातहत रहेको प्रदेश वन सेवा केन्द्रका प्रमुख निरञ्जन श्रेष्ठ (११औँ तह) ले दिएको राजीनामा स्वीकृत गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

बिशेष