स्थानीयदेखि प्रदेशका ४१ कार्यालयका ९३ करोड बजेट फुकुवा

 सरकारले प्रदेश र स्थानीय तहका विभिन्न कार्यालयका झण्डै ९३ करोड बजेट फुकुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेशदेखि स्थानीय तहका विभिन्न कार्यक्रमका लागि छुट्टाएर यस अघि रोक्का भएको झण्डै ९३ करोड बजेट फुकुवा गरेको छ । जस अनुसार, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) अन्तर्गत स्वीट्जरल्याण्डको नगद अनुदानमा सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनालाई १५ करोड ३० लाख रकम फुकुवा भएको छ । यसरी फुकुवा भएको रकममध्ये बुढानीलकण्ठ नगरपालिकालाई २२ लाख ९५ हजार, मध्यपुर ठिमी नगरपालिका (भक्तपुर)लाई २१ लाख १५ हजार, कागेश्वरी–मनोहरा नगरपालिकालाई २० लाख २५ हजार, ललितपुर महानगरपालिका लाई १४ लाख ४० हजार, नागार्जुन नगरपालिकालाई ११ लाख २५ हजार रुपैयाँ बराबरको बजेट फुकुवा गरिएको कार्यालयले जानकारी दिएको छ । यस्का अलवा सूर्योदय नगरपालिकालाई १८ लाख ४५ हजार, त्रियुगा नगरपालिकालाई १८ लाख ४५ हजार, रामधुनी नगरपालिकालाई १८ लाख ४५ हजार, धनकुटा नगरपालिकालाई १७ लाख ५५ हजार, दुहबी नगरपालिका लाई १५ लाख ७५ हजार उपलब्ध गराइएको छ ।

बिज्ञापन

यता, चुरे उत्थानशील आयोजनाका लागि ५१ करोड दुई लाख,जलवायु परिवर्तन र मानव–वन्यजन्तु सहअस्तित्वका लागि यूएनजीईएफ नगद अनुदानतर्फ १३ करोड ७७ लाख ३२ हजार ३३० रुपैयाँ फुकुवा भएको छ । स्वास्थ्य क्षेत्रमा जेफम्याटको तर्फबाट नगद अनुदानबाट सञ्चालित ग्लोबल फन्डका लागि कुल स्वीकृत बजेट २६ करोड ७३ लाख रहेकोमा हाल १२ करोड ९० लाख रुपैयाँ फुकुवा भएको छ । निर्णयअनुसार फुकुवा गरिएको सो रकम केन्द्रीय स्वास्थ्य केन्द्र, विभाग, प्रदेश तथा स्थानीय तहहरूमा महामारी नियन्त्रण, क्षयरोग, एड्स तथा यौन रोग नियन्त्रण र स्वास्थ्य सुधारका लागि परिचालन हुनेछ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव पराजुलीको अख्तियारमा पोष्टिङ,नेपाल ट्रष्टमा दवाडी,तीन निकाय अझैं सचिवविहिन

स्थानीयदेखि प्रदेशका ४१ कार्यालयका ९३ करोड बजेट फुकुवा

चौथोदेखि दशौं तहका १७५ कर्मचारीको सरुवा (सूचीसहित)

पिक आवरमा प्रणालीमा समस्या,८५ सय ठेक्का प्रभावित

स्थानीय सेवाका चौथौंदेखि आठौं तहका ११६ कर्मचारीको सरुवा

मुख्यसचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालमै यस्तो गडबडी

सचिव दरबन्दी कटौतीमा परेको नेपाल ट्रष्टमा दुवाडीको सरुवा

अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

बिशेष