लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्थानीय निजामती सेवाका ११६ कर्मचारीहरुको सरुवा गरेको छ । स्थानीय प्रशासन,इन्जिनियरिङ,स्थानीइ स्वास्थ्य,शिक्षा,कृषि सेवाका ती कर्मचारीहरुलाई प्रदेशभित्रका विभिन्न स्थानीय तहमा खटन पटन गरेको हो । यसरी सरुवा भएका कर्मचारीहरुमा चौथौंदेखि आठौं तहसम्मका कर्मचारीहरु रहेका छन् ।
सरुवाको सूची अनुसार,आठौं तहका बलराम पौडेललाई बरिष्ठ प्रशासकीय अधिकृतको भूमिकामा सरुमारिनी गाउँपालिका,प्यूठानमा खटाइएको छ भने माधव न्यौपानेलाई सुस्ता गाउँपालिका,अशोक खड्कालाई शिवराज नगरपालिकामा पठाइएको छ । यस्तै आठौं तहका धर्मेन्द्र यादव सम्मरीमाई गाउँपालिका पुगेका छन् ।
सातौं तहका ६ जना,छैंटौं तहका २४ जना कर्मचारीहरु सरुवा गरिँदा पाँचौं तहका ५२ जना र बाँकी चौथौं तहका कर्मचारीहरु रहेका छन् ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


























