अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

गृह मन्त्रालयले अतिरिक्त समूहमा रहेका ७ सहसचिवमध्ये ६ को व्यवस्थापन गरेको छ । गृहले अतिरिक्तमा रहेका बासुदेव घिमिरेलाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ । सुनसरीको प्रमुख जिल्ला अधिकारी रहेका घिमिरे कप्तानगञ्जको घटना पछि मन्त्रालयमा तानिएका थिए । सो पछि बनेको छानबिन समितिले यो घटनामा प्रहरीलाई दोषी करार गरे पनि उनको भूमिकामाथि कुनै प्रश्न नउठाएका कारण गृहले आन्तरिक महाशाखा प्रमुखको जिम्मेवारी दिएको बताएको छ ।

बिज्ञापन

यस्तै अतिरिक्त समूहमा रहेका चिरञ्जीवी पौडेल, पुष्पराज शाही र भूपेन्द्र थापा गृहबाट सामान्यको अतिरिक्त समूहमा पठाइएको छ भने सहसचिवको दरबन्दी कटौतीमा परेसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखबाट फाजिलमा परेर गृह मन्त्रालय तानिएका बलराम निरौलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । त्यहाँ कार्यरत रहेका प्रदीप कोइरालालाई गृह मन्त्रालय मातहत राखिएको छ । उनलाई सम्भवत कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी दिइने छ । गृहमा यस अघि अतिरिक्त समूहमा रहेका रौतहटको प्रमुख जिल्ला अधिकारी चलाएर गृहमा आएका दिनेशसागर भुसाललाई नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिइसकिएको छ । गृहको कानुन र प्रशासन महाशाखा प्रमुख रिक्त छ । गृहको अतिरिक्तमा अब तुलसी श्रेष्ठ र हालै गृहमा ल्याइएको प्रदीप कोइरालामात्र बाँकी रहेको छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

तीन मन्त्रालय गाभेर खर्च घटाउने सरकार, लम्सालको सचिवालयमा ३९ जनाको ‘जम्बो दरबार’

मन्त्रिपरिषद्का ६ निर्णय : चार सहसचिव सचिवमा बढुवा, शेयर कारोबारमा पुँजीगत लाभकर घटाउने

पराजुली सचिवमा बढुवा

चार सहसचिवको जिम्मेवारी हेरफेर : कल्पना महानिर्देशक,कप्रमा सुबेदी

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

छोराको क्युआरमा घुस हाल्न लगाउने राइविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिशेष