मन्त्रिपरिषद्का ६ निर्णय : चार सहसचिव सचिवमा बढुवा, शेयर कारोबारमा पुँजीगत लाभकर घटाउने

सरकारले विभिन्न ६ वटा महत्वपूर्ण निर्णय गरेको छ । आज बसेको क्याविनेटले चार जना सहसचिवस्तरका कर्मचारीहरुलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको क्याविनेट बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई र प्रशासन सेवातर्फका सहसचिव कालीप्रसाद पराजुलीलाई पनि राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ।

बिज्ञापन

यस्तै, सेयर कारोबारबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकर घटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सेयर कारोबारको पुँजीगत लाभकर घटाउन निर्णय गरेको हो । क्याविनेटले ३६५ दिन भन्दा बढी होल्ड गर्नेको हकका लाभको ३.७५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गर्ने निर्णय गरेको छ । तर ३६५ वा सो भन्दा कम अवधि होल्ड गर्नेहरुको हकमा लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

यस्तै, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ। यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत ‘सक्रिय राहत कोष सञ्चालन कार्यविधि २०८३’ स्वीकृत गर्ने निर्णयसमेत बैठकले गरेको छ।

चक्रिय राहत कोष सञ्चालन कार्यविधि २०८३ स्वीकृत गर्ने निर्णयका साथैं साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा, क्षतिपूर्ती रकमसम्बन्धी कानुन कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिइ बीमा, क्षतिपूर्तीको प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

तीन मन्त्रालय गाभेर खर्च घटाउने सरकार, लम्सालको सचिवालयमा ३९ जनाको ‘जम्बो दरबार’

मन्त्रिपरिषद्का ६ निर्णय : चार सहसचिव सचिवमा बढुवा, शेयर कारोबारमा पुँजीगत लाभकर घटाउने

पराजुली सचिवमा बढुवा

चार सहसचिवको जिम्मेवारी हेरफेर : कल्पना महानिर्देशक,कप्रमा सुबेदी

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

छोराको क्युआरमा घुस हाल्न लगाउने राइविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिशेष