उद्योग मन्त्रालयले चार सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री फेरिए सँगै उद्योग मन्त्रालयमा कार्यरत चार सहसचिवहरुको आन्तरिक जिम्मेवारी हेरफेर गरिएको हो ।
विभागको महानिर्देशकको जिम्मेवारी कल्पना श्रेष्ठको काँधमा आएको छ । उनी यस अघि डोटी, नवलपरासी, इलाम, खोटाङ जस्ता जिल्लाको प्रमुख जिल्ला अधिकारी चलाइसकेकी कर्मचारी हुन । उनी उद्योगमा पुगेर त्यहाँको महानिर्देशक बनेका छन् । यस अघि सो विभागका महानिर्देशक रहेका जितेन्द्र बस्नेत संस्थान, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् ।
यस्तै प्रशासन, योजना तथा अनुगमन मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी नेत्रप्रसाद सुवेदी, औद्योगिक लगानी प्रवर्द्धन तथा औद्योगिक पूर्वाधार विकास महाशाखा प्रमुखको जिम्मेवारी रामबन्धु सुवेदीलाई दिइएको छ।
चार सहसचिवको जिम्मेवारी हेरफेर : कल्पना महानिर्देशक,कप्रमा सुबेदी
0%
0%
0%
0%
0%
0%



























