२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

दुई गाउँपालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त भएको पाइएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचित हुँदाको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ।

बिज्ञापन

जसमा कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी र खोटाङको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई रहेका छन्। आयोगका अनुसार मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जना जनप्रतिनिधिको पद रिक्त भएको छ। जस अनससार,धनुषाको शहीदनगर नगरपालिका–५ का वडाध्यक्ष तनुकलाल कुसियैत,विदेह नगरपालिका–६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिका–५ का वडाध्यक्ष शीबा पासमान,मिथिला नगरपालिका–२ का वडाध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको छ । यस्तै,कोशी प्रदेशका खोटाङको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई, खोटाङको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष तुलाराम राई,मोरङको धनपालथान गाउँपालिका–५ का वडाध्यक्ष गयानन्द सरदारका पद रिक्त हुन पुगेको छ ।

बिज्ञापन

यता,बागमती प्रदेशका दोलखाको जिरी नगरपालिका–६ का वडाध्यक्ष मर्जितबहादुर खड्का,जिरी नगरपालिका–३ का वडाध्यक्ष खेटराज घिमिरेको पद रिक्त हुन पुगेको छ भने
सुदूरपश्चिम प्रदेशको कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पद रिक्त हुन पुगेको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले उनीहरूको निर्वाचित पद रिक्त भएको आयोगले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

छोराको क्युआरमा घुस हाल्न लगाउने राइविरुद्ध भ्रष्टाचार मुद्दा दायर

निजामती नियमावली विपरित सरुवा मापदण्ड : चितवन र बर्दिया दुर्गम,लाङटाङ सुगम

८७ सीडीईहरुको ‘अपारदर्शी ‘सरुवा,सचिव- महानिर्देशकको भूमिकामाथि उठ्यो प्रश्न

भोटेकोशी बाढीको महासंकटमा सडक विभागको नेतृत्व : विपत्तिसँग जुध्दै यातायात सञ्चालनदेखि पुनर्निर्माणको खाका तयार पार्दै महानिर्देशक

प्रधानमन्त्रीको अध्यक्षतामा आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

प्रशासनमा सचिव बढुवा धमाधम, प्राविधिकतर्फ पद रिक्त हुँदा पनि बढुवा ठप्प

बिशेष