सरकारले १४ जना सहसचिवहरुको सरुवा गरेको छ । गत २५ भदौंमा बसेको क्याविनेटले विभिन्न मन्त्रालय र प्रदेशमा कार्यरत रहेका सहसचिवहरुको सरुवा गरिएको हो ।
सरुवा भएकामध्य प्रशासन सेवाका ९,नेपाल वन सेवाका २,नेपाल कृषि सेवाका १ र नेपाल इन्जिनियरिङ सेवाका २जना रहेका छन् । सरुवाको सूची अनुसार,अख्तियारबाट गोविन्द अधिकारीलाई भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूह, गृहबाट बद्रीनाथ गैह्रेलाई पूर्वाधार मन्त्रालय,एकदेव अधिकारीलाई सामान्यबाट गृहमा पठाइएको छ । यस्तै,उद्योगबाट मोती सापकोटा गृहमा पुगेका छन् भने पूर्वाधार मन्त्रालयबाट बलराम रिज्याललाई सुदूरपश्चिम प्रदेश,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याइएको छ ।
यस्तै,गृहबाट पुष्प शाही,भुपेन्द्र थापा र चिरञ्जिवी पौडेललाई सामान्यको अतिरिक्त समूहमा लगिएको छ । सामान्यमा यस अघि नै अतिरिक्त समूहमा ८ जना सहसचिव रहेकामा अब त्यहाँ १ दर्जन सहसचिवहरु पुगेका छन् ।
यस्तै,प्राविधिकतर्फका विष्णु भण्डारीलाई उर्जा तथा जलश्रोत मन्त्रालय,पदम देवकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सुदूरपश्चिम प्रदेशमा खटाइएको छ ।कोशी प्रदेशबाट नारायण रिसाल भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासनमा ल्याइएको छ ।
यस्तै वन सेवाका राजीव झालाई प्रदेशमा पठाएर जीवनाथ पौडेललाई मधेशबाट संघीय मन्त्रालयमा ल्याइएको छ ।
१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह
0%
0%
0%
0%
0%
0%



























