रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन अबस्थामा चलिरहेको छ । यस अघि नगरपालिकामा आठौँ तहका इन्जिनियर रामबाबु साह सो पालिकामा ०७८ कात्तिक २४ गतेदेखि २०८२ वैशाख २ गतेसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेकामा नयाँ सरकार बने यता तीन जना प्रमुख प्रशासकीय अधिकृत खटाइएकोमा कोही सरुवा गरिएको,केही राजीनामा दिएर हिड्दा समस्या भएको त्यहाँको मेयर रिना कुमारी साहले बताएकी छिन् ।
बिज्ञापन
मौलापुरमा रामबाबु साह, सुरेशबाबु घिमिरे र निलम न्यौपाने गरी पछिल्लो ६ महिनामा तीन जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन्। पछिल्लो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका न्यौपानेले गत भदौ ५ गते राजीनामा दिएपछि नगरपालिका पुनः प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो।संघीय सरकारले यो बीचमा उपसचिव सुरेशबाबु घिमिरेलाई मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको थियो । उनी वैशाख ३ गते हाजिर भएकामा असार १२ गते जिल्ला समन्वय समिति दैलेखमा सरुवा भए ।
बिज्ञापन
उनका अनुसार,गत असार १२ गतेदेखि नै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन भएपछि असार २२ गते मन्त्रालय पुग्दा समेत सचिव र मन्त्रीले भेट्न अस्वीकार गरेका थिए । पछि साउन ४ गते हाजिर भएका नयाँ अधिकृत पनि भदौ ५ गतेदेखि कार्यालयलाई कुनै जानकारी नदिई अनुपस्थित भई निजामती सेवाबाट अवकाश लिएकाले नगरपालिका पुनः हाकिमविहीन बनेको छ । उनका अनुसार, मन्त्रालयले उपसचिव निलमकुमार न्यौपानेलाई मौलापुरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गर्यो । साउन ४ गते उपसचिव न्यौपाने मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भए का उनले भदौ ५ गते कार्यालयबाट निस्किएका न्यौपानेले राजीनामा दिएको जानकारी नगरपालिकाले पाएको छ । पालिका झण्डै महिनौंदेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा चालु आर्थिक वर्ष २०८३ ०८४ को बजेट कार्यान्वयनदेखि कर्मचारीको तलब भुक्तानीसम्मका काम प्रभावित भएको छ ।
यसरी पालिका प्रमुख प्रशासकीय अधिकृतविहिन बनाइएसँगै त्यहाँको मेयर रिनाकुमारी साहले प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै नगरपालिकामा देखिएको प्रशासनिक संकट समाधान गर्न ‘सार्वजनिक अपिल’ गरकी छिन् ।
बिज्ञापन
उनले सोधेकी छन्, ‘तपाईं महानगरको नगर प्रमुख हुँदा सफाई कर्मचारीहरूको तलब १ हप्ताभित्र नभए सबैलाई टुकुचामा गाडिदिने अभिव्यक्ति दिनुभएको थियो । मेरा कर्मचारीहरूको तलब २ महिनादेखि ८ महिनासम्म, जनप्रतिनिधिहरूको सुविधा ४ महिना र वडा सञ्चालन खर्च ८ महिनादेखि भुक्तानी हुन बाँकी छ । यसका लागि कस कसलाई लालबकैयामा गाड्नु पर्ने हो, सल्लाह पाउँ ।’



























