तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

न्याय सेवा आयोगले तीन सहसचिवलाई सचिवमा बढुवा गर्न निर्णय गरेको छ । आज बिहान बसेको परिषद्का कामु सचिव रामप्रसाद भट्टराईका अलवा ठगेन्द्र कट्टेल र बाबुराम दाहाललाई सचिवमा बढुवाका लागि सिफारिस भएका छन्।

बिज्ञापन

बैठकले न्याय परिषद् सचिवालयका कायममुकायम सचिव रामप्रसाद भट्टराईलाई परिषद् सचिवका लागि सिफारिसको निर्णय गरेको छ । ०२९ वैशाख १७ गते झापामा जन्मिएका भट्टराई ०५६ भदौ ७ गते न्याय सेवाको अधिकृत पदबाट सेवा प्रवेश गरेका थिए । उनी उपरजिस्ट्रार हुँदै २०७४ जेठ १९ मा सहरजिस्ट्रार भएका थिए । परिषद् सचिव रहेका जितेन्द्रबाबु थपलिया गत वैशाखमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि भट्टराई कायममुकायम सचिवका रूपमा परिषदमा कार्यरत थिए ।

बिज्ञापन

मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले रिक्त सचिवमा भट्टराईलाई बढुवा गर्न सिफारिस गरेको हो। भट्टराई सचिवमा बढुवा भएसँगै न्याय परिषद्कै सचिवमा पदस्थापन गर्न पनि सिफारिस गरिएको छ।
यस्तै आजको बैठकले सर्वोच्च अदालतमा कार्यरत सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई सचिव (रजिस्ट्रार) पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

नेपाल टेलिकमको खरिदमा विदेश भ्रमणको खेल: हवाई टिकट, होटल र भत्तामा लाखौँ खर्चको हिसाब खोजियो

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

सार्वजनिक सेवा सुधार्न गृहको पाँच बुँदे परिपत्र

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

बिशेष