पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानी बोर्डका पूर्वसीईओ सुशील ज्ञवालीलाई आफ्नो विज्ञ सल्लाहकारमा नियुक्त गरेका छन् । वालेन्द्र शाह नेतृत्वको सरकारले गत वैशाखमा अध्यादेश ल्याएपछि लगानी बोर्डको सीईओबाट हट्नुपरेका ज्ञवालीलाई पाँच महिना पछि पूर्वाधार मन्त्रीको सल्लाहकारमा नियुक्त गरेका हुन ।
बिज्ञापन
१० भदौंको विपद्पछि उनको ज्ञिता र अनुभवका आधारमा लम्सालले सल्लाहकारमा नियुक्त गरेको हो ।
ज्ञवाली नगर विकास कोषका पूर्वकार्यकारी निर्देशक हुन्। त्यस्तै उनी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ समेत थिए । चैत्रमा अध्यादेशबाट लगानी वोर्डको सिइओबाट हटेका उनलाई गत भदौंमा एमालेको सरकारले लगानी बोर्डको सिइओमा नियुक्त गरेको थियो । एमाले सत्तामा हुँदा विभिन्न निकायहरुमा नियुक्ति खाएका उनै ज्ञवालीलाई पूर्वाधार मन्त्री लम्सालले विज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन ।
ज्ञवाली १० पुस २०७२ सालमा प्राधिकरणको सिइओ नियुक्त भएका थिए। त्यसको एक वर्षपछि २७ पुसमा उनलाई तत्कालीन सरकारले बर्खास्त गरेको थियो। ३० साउन २०७५ मा उनैलाई पुर्ननिर्माण प्राधिकरणको सिइओ नियुक्त गरेको थियो तत्कालीन सरकारले । प्राधिकरणको सिइओ हुनुअघि ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक थिए। कार्यकाल डेढ वर्ष बाँकी रहँदै उनलाई सरकारले प्राधिकरणको सिइओ नियुक्त गरेको थियो।
बिज्ञापन
सिभिल इन्जिनियर ज्ञवालीसँग विपद्पछिको पुनर्निर्माण र पोस्ट डिजास्टर निड्स असेस्मेन्ट (पीडीएनए) को लामो अनुभव छ । यसका साथै ज्ञवालीलाई विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित ‘काठमाडौँ भिजन २०४०’ परियोजनामा परामर्शदाता (कन्सल्ट्यान्ट) का रूपमा समेत नियुक्त गरिएको छ।



























