भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६२ शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका ती अधिकृतहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,विभिन्न मन्त्रालय,कार्यालय,विभाग,पालिकामा रहेका अधिकृतहरु सरुवामा परेका छन् । ३८ जना अधिकृतहरुलाई विभिन्न पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएको छ । यस्तै २२ अधिकृत भने विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भएर गृह,सञ्चार,अख्तियार,उद्योग लगायतका संघीय मन्त्रालय वा कार्यालयमा आएका छन् ।
बिज्ञापन
यसरी पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त गर्ने शाखा अधिकृतहरुमा भूमि मन्त्रालयबाट विष्णु घर्तीलाई बगनासकाली गाउँपालिका,तारा बहादुर कुँवरलाई वीर अस्पतलाबाट कञ्चन गाउँपालिका,हुलाक सेवाबाट निमराज भट्टराईलाई शान्तिनगर गाउँपालिकामा पठाइएको छ । यस्तै,बैदेशिक रोजगार विभागबाट भोजराज खतिवडालाई रम्भा गाउँपालिका,विष्णु प्रसाद ज्ञवालीलाई रुपन्देही जिल्ला प्रशासनबाट गढवा गाउँपालिकामा खटाइएको छ ।
यस्तै,महेश शर्मालाई निर्वाचन कार्यालयबाट आरुघाट गाउँपालिकामा खटाइएको छ । जिप्रका नवलपरासीबाट आनन्द शर्मा भिमसेन गाउँपालिका पुगेका छन् ।



























