झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

झापा । सेवाको अत्यधिक चाप र जनशक्तिबीचको असन्तुलनका कारण लामो समयदेखि सेवा लिन प्रतीक्षामा रहेका सेवाग्राहीको संख्या घटाउन जिल्ला प्रशासन कार्यालय, झापाले ‘शून्य बाँकी आवेदन’ अभियान सुरु गरेको छ।

बिज्ञापन

अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालयले बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म निरन्तर सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ। सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरी लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको आवेदन क्रमशः फर्छ्योट गर्ने लक्ष्य प्रशासनले लिएको छ।

बिज्ञापन

अनलाइन निवेदन भरेर जैविक विवरण बुझाउन प्रतीक्षा सूचीमा रहेका सेवाग्राहीलाई प्राथमिकतामा राखी अभियान सञ्चालन गरिनेछ। यसका लागि खटिने कर्मचारीलाई अतिरिक्त प्रोत्साहनको समेत व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार राहदानी सेवाका लागि ९९६ जना र राष्ट्रिय परिचयपत्रका लागि ४ हजार २९१ जना सेवाग्राही पालो कुरिरहेका छन्। जैविक विवरण अर्थात् औँठाछाप, आँखाको भित्री भागको पहिचान र डिजिटल तस्बिर बुझाउन अनलाइन निवेदन दिएको मितिदेखि नै सेवाग्राहीले ३५ दिनसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ।
सेवा लिनका लागि अनलाइन निवेदन भर्ने र जैविक विवरण बुझाउने काम एउटै दिनमा सम्पन्न हुने वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। सेवाग्राहीले अनावश्यक रूपमा लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य नभएसम्म अभियानलाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक थप साधनस्रोत उपलब्ध गराउन स्थानीय तहहरूले समेत सहयोग गर्ने आश्वासन दिएका छन्। प्रशासनले उपलब्ध जनशक्ति र स्रोतसाधनलाई अधिकतम परिचालन गर्दै लामो समयदेखि थुप्रिएका निवेदनलाई क्रमशः शून्यमा झार्ने रणनीति अघि बढाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

२६ उपसचिवको जिम्मेवारी फेरियो, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

बिशेष