२६ उपसचिवको जिम्मेवारी फेरियो, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित द्वितीय श्रेणीका २६ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले भदौ २६ गतेको निर्णयबाट उपसचिव तथा सोसरहका कर्मचारीलाई विभिन्न निकायमा सरुवा तथा कामकाजमा खटाएको हो।

बिज्ञापन

मन्त्रालयको निर्णयअनुसार सरुवा तथा कामकाजमा खटाइएकामध्ये १६ जना उपसचिवलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। यससँगै लामो समयदेखि रिक्त रहेका वा निमित्तको भरमा सञ्चालन भइरहेका केही स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइएको छ।

बिज्ञापन

मन्त्रालयले स्थानीय तहसँगै विभिन्न मन्त्रालय, आयोग, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत उपसचिव तथा सोसरहका कर्मचारीको समेत जिम्मेवारी परिवर्तन गरेको जनाएको छ।
सरुवा सूचीमा प्रमुख प्रशासकीय अधिकृतबाहेक एक निर्देशक र जिल्ला समन्वय अधिकारीसमेत रहेका छन्। मन्त्रालयले प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा कर्मचारी व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विभिन्न निकायमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।

यस निर्णयसँगै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने १६ जना उपसचिवले नयाँ कार्यस्थलमा पुगेर प्रशासनिक नेतृत्व सम्हाल्नेछन्। मन्त्रालयले आवश्यकता र कार्यबोझका आधारमा संघीय तथा स्थानीय तहका कर्मचारीको सरुवा तथा कामकाज व्यवस्थापन गर्दै आएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

२६ उपसचिवको जिम्मेवारी फेरियो, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

बिशेष