बागमती प्रदेश कर्मचारीहरुले संघीय सरकारसँग मेल खाने गरी नयाँ तलबमान स्वीकृत गरेको छ । हिजो बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिकृत ११औँ तहदेखि कार्यालय सहयोगीसम्मका सबै राष्ट्रसेवक कर्मचारीको तलबमान संघीय सरकारको निर्णयअनुसार कायम गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले संघीय सरकारले परिमार्जन गरेको नयाँ तलब संरचनाअनुसार प्रदेशका कर्मचारीको तलबमान समायोजन गरी लागू गर्ने निर्णय गरेको हो।
बागमती प्रदेश सरकारले संघीय सरकारले हालै लागू गरेको तलब वृद्धिसँग नबाझिने गरी प्रदेशका कर्मचारीको तलबमान निर्धारण गरेको हो । अब प्रदेशमातहतका कार्यालयमा कार्यरत कर्मचारीले संघीय सरकारसरह तलब सुविधा पाउने गरी निर्णय गरिएको हो।
बिज्ञापन
अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरूले पाउँदै आएको प्रोत्साहन भत्ताको विषयलाई व्यवस्थित र न्यायसंगत बनाउन एउटा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ। यस्तै बैठकले विभिन्न कार्यालयमा कार्यरत अस्थायी कर्मचारीका सालबसाली अस्थायी दरबन्दीसमेत स्वीकृत गरेको छ। । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको प्रस्तावमा प्रदेशका विभिन्न निकायमा कार्यरत अस्थायी कर्मचारीहरूका लागि आवश्यक सालबसाली अस्थायी दरबन्दीसमेत स्वीकृत गरेको छ।
बिज्ञापन
यसैगरी, विगतमा प्रशासनिक पुनर्संरचनाका नाममा एकै ठाउँमा गाभिएका मकवानपुरका दुई महत्त्वपूर्ण प्राविधिक कार्यालयलाई प्रदेश सरकारले पुनः अलग गर्ने निर्णय गरेको छ। कार्यप्रकृति नमिल्दा कार्यसम्पादनमा जटिलता आएको निष्कर्ष निकाल्दै बैठकले बाख्रा विकास केन्द्र (चित्लाङ) र मत्स्य विकास केन्द्र (कुलेखानी) लाई पूर्ववत् अवस्थामै छुट्टाछुट्टै कार्यालयका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
यस्का अलवा प्रदेश सरकारको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएमसम्बन्धी काम भने अन्तिम तयारीमा आगामी मन्त्रिपरिषद् बैठकमा यसबारे थप प्रस्ताव आउने सो प्रदेशका भौतिक मन्त्री भरतबहादुर केसीले जनाएका छन्



























