रौतहटका सिडियो हिजो पदभार,आजै विवाद

रौतहटका नयाँ सिडिओ लक्ष्मीप्रसाद पौडेल अभिव्यक्तिका कारण विवादमा परेका छन् । हिजो साँझ साँझ ५ बजे जिल्ला प्रशासन कार्यालय रौतहटमा आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा पदभार ग्रहण गरेका उनी पछिल्लो अभिव्यक्तिका कारण विवादमा तानिएका हुन ।

बिज्ञापन

यसअघि रौतहटका सिडियो रहेका दिनेश सागर भुसालको सरुवा भएपछि पौडेललाई रौतहटको जिम्मेवारी दिइएको हो। गृह मन्त्रालयले भुसाललाई सहसचिवका रूपमा गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरेको छ। पौडेल यसअघि पर्वत जिल्लाको सिडियोको रूपमा कार्यरत थिए। गृह मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गर्दा पौडेल रौतहटको कमाण्ड सम्हाल्न पुगेका हुन । नयाँ सिडिओ पौडेलले रौतहटको प्रशासनिक नेतृत्व सम्हालेको भोलिपल्टै उनको एक अभिव्यक्ति विवादमा परेका हो ।
पौडेलको आत्महत्यासम्बन्धी अभिव्यक्ति विवादमा परेको हो । पछिल्लो समय मान्छेले रमाइलोका लागि भाइरल हुनका लागि आत्महत्या गर्न थालेका छन् भन्ने अभिव्यक्ति दिएसँगै सो अभिव्यक्ति तथा धारणा विवादमा परेका हो ।

बिज्ञापन

पौडेल आज विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘अब के देखिँदैछ भने अहिले त आत्महत्या एक किसिमले रमाइलोका लागि गर्न थालिसके । भाइरल हुनका निम्ति गर्न थालिसके ।’ यो अभिव्यक्ति विवादमा परेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रौतहटका सिडियो हिजो पदभार,आजै विवाद

सिके राउतबाट कारवाहीमा परेका साह बने उद्योग मन्त्री

दुई सचिवको सरुवा,दुईको प्रदेशमा पदस्थापन,पूर्व सचिवलाई सेवा आयोगको अध्यक्ष

‘रसुवालाई सामान्य राहतले पुग्दैन’ : सांसद आचार्यको सरकारसँग विशेष प्याकेज माग

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा, ३ हजार ६ सयभन्दा बढीको उपचार

गौरीकुमारीको ठाउँमा गणेश कि रहविर ?

अमरेशको आक्रोश – ‘सरकारको केन्द्र सिंहदरबार होइन, ज्वागल बनेको छ’

गहभरी आँशु पारेर मन्त्रालयबाट बाहिरिइन मन्त्री यादव

बिशेष