नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।
बिज्ञापन
साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद् हुन् ।जनमत पार्टीबाट कारबाहीमा परेका उनी रास्वपाको सांसद हुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्न सफल भएका छन् । राजनीतिक यात्रा जनमत पार्टीबाट सुरु भएको थियो, जनमत गठनपछि साह उच्च तहका दुई पद उपाध्यक्ष र अनुशासन समितिको प्रमुख बने । तर, गुटगत गतिविधि सञ्चालन गरेको र पार्टी विधानविपरीत व्यवहार गरेको आरोपमा ६ महिनाका लागि निलम्बनमा परेका उनी पछि पार्टीबाट पूर्णरूपमा निष्कासित भएका थिए।
जनमतबाट साधारण सदस्यसमेत नरहने गरी निष्काशन भए पछि जनस्वराज पार्टी गठन गरे पनि त्यसमा मुद्धा मामिला पर्यो । त्यसपछि सर्वोदय नामक पार्टी बनाए ।र,गत निर्वाचनकै मुखमा रास्वपामा प्रवेश गरेका साह सुनसरी ४ बाट निर्वाचित सांसद हुन्।



























