राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री र उनको सचिवालयको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । उनले सरकार संविधानअनुसार नचलेको आरोप लगाएका छन्।
बिज्ञापन
प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले वर्तमान सरकार संसदीय नभई‘सल्लाहकारतन्त्र र हुकुमी शैलीमा चलेको आरोप लगाउँदै भने हाम्रो संसदीय व्यवस्था प्रधानमन्त्रीय शासन प्रणाली हो, तर हाल यो सल्लाहकार शासन व्यवस्था’मा परिवर्तन भएको छ। मैले सरकारको केन्द्र सिंहदरबारलाई बुझेको थिएँ, तर अहिले सरकारको केन्द्र ज्वागल बनेको छ।’
उनले थपे, ‘उहाँको सल्लाहकार हार्वर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको होइन होला। सरकारका केन्द्र मैले सिंहदरबार हुन्छ मैले बुझेको छु। तर सरकारका केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन चलिराछ।’
बिज्ञापन
उनले यस्तो हुकुमी शासन संविधानको कुन दफा र कुन ऐनको आधारमा चलिरहेको हो भन्दै प्रश्न गरे। सांसद सिंहले सरकारले कर्मचारीतन्त्रमाथि गरिरहेको हस्तक्षेपको डरलाग्दो उदाहरण प्रस्तुत गरे। उनले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई बोलाएर दुई घण्टाभित्र रेड कर्नर नोटिस जारी गर भन्दै पेस्तोल देखाएर धम्क्याइएको घटनाबारे सदनमा जानकारी गराए।
उद्योगमन्त्रीबाट राजीनामा दिएकी गौरीकुमारी यादवको प्रसङ्ग निकाल्दै सांसद सिंहले प्रधानमन्त्री र उनको सचिवालयले मन्त्रीहरूलाई नै पेलेर अघि बढेको बताए। उनले भने, ‘गौरीकुमारी यादवले त्यही दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन रातमा प्रहरी परिचालन गरिएको थियो।



























