४६ शाखा अधिकृतको सरुवा : ३० लाई स्थानीय तह,१६ लाई ल्याइयो सिंहदरबार

   भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४६ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयको बिहिबारको निर्णय अनुसार गरिएको सरुवा सूची अनुसार तीस जना शाखा अधिकृतहरुलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ । १६ जनालाई सिंहदरबारस्थित मन्त्रालय,राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ल्याएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,तुलसी उपाध्यायलाई त्रिवेणी गाउँपालिकामा खटाइएको छ । उनी यस अघि ठाँटीकाँध गाउँपालिका दैलेखमा कार्यरत थिए । यस्तै कारागार व्यवस्थापन विभागबाट ज्योस्ना जोशी भट्टलाई जानकी गाउँपालिका,योजना आयोगबाट हरिबहादुर पोखरेललाई डोल्पा,कम्पनी रजिष्ट्रारबाट चेतन कुमार खत्रीलाई पातला,सम्पत्ति शुद्धीकरण विभागबाट जनकराज शर्मालाई पूर्वीचौकी गाउँपालिकामा खटाइएको छ ।

बिज्ञापन

यस्तै,विद्युत विकास विभागबाट गोपाल कडरियालाई काइके गाउँपालिका,युवा तथा श्रम रोजगार मन्त्रालयबाट उत्तम शर्मालाई शे फोक्सुण्डो गाउँपालिकामा खटाइएको छ । सूची अनुसार,सूचना तथा सञ्चारबाट यशोदा अर्याललाई कनका सुन्दरी गाउँपालिका,हुलका निर्देशनालय सुर्खेतबाट सुनिता खत्रीलाई ठाँटीकाँध गाउँपालिका,बम बहादुर नेपालीलाई जिसस हुम्लामा खटाइएको छ ।
अर्थबाट सुशीला लेखकलाई जोरायल गाउँपालिका,डोटी,राजबहादुर सार्कीलाई गन्यापधुरा गाउँपालिकामा पठाइएको छ । यस्तै,राष्ट्रिय योजना आयोग गणेश एडीलाई नाम्खामा खटाइएको छ । गृहबाट नीता धामी नौगाड,गृहबाटै सत्य कुमारी जोशीलाई के आइ सिंह गाउँपालिका,प्रमोद चनलाई थारु आयोगबाट मार्मा गाउँपालिकामा खटाइएको छ । मुस्लिम आयोगबाट मिनराज आचार्यलाई खत्याड गाउँपालिकामा पठाइएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४६ शाखा अधिकृतको सरुवा : ३० लाई स्थानीय तह,१६ लाई ल्याइयो सिंहदरबार

परामर्शका लागि लोकसेवा आयोगमा पुग्यो संघीय निजामती सेवा विद्येयक

मन्त्रिपरिषद्को बैठक बस्दै : दुई सचिव बढुवाको सम्भावना

अख्तियार प्रमुख आयुक्त र न्यायधीश रेग्मीमाथि महाभियोग माग गर्दै निवेदन

प्रतिनिधि सभामा आज चार वटा विधेयक पेश हुँदै

बाढीले बगाउँदा पनि आत्तिएनन् सशस्त्रका गोताखोर रमेश, आफू बाँचेपछि मजदुरको जीवन बचाए

प्रधानमन्त्री कोषमा व्याट–३५ र ४० का शाखा अधिकृतहरूको सामुहिक सहयोग

चौथौंदेखि छैटौं तहका कर्मचारीको सरुवा

बिशेष