परामर्शका लागि लोकसेवा आयोगमा पुग्यो संघीय निजामती सेवा विद्येयक

बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक परामर्शका लागि लोक सेवा आयोग पुगेको छ। भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो विधेयक हिजो (बुधबार ) विधेयक आयोगमा पठाएको जनाएको छ ।

बिज्ञापन

पछिल्लो मन्त्रिपरिषद्को बैठकले विद्येयकमा लोकसेवा आयोगको परामर्श लिन स्वीकृति दिएसँगै सो विद्येयकमा आवश्यक परामर्शका लागि भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालय हुँदै लोकसेवा आयोगमा पुगेको हो । विद्येयक हिजै लोकसेवा आयोगमा दर्ता भइसकेको लोकसेवा आयोगले जनाएको छ ।

बिज्ञापन

यस अघि गत १८ भदौंमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो विद्येयक मन्त्रिपरिषद्मा पठाएकोमा मुख्यसचिव गोविन्द बहादुर कार्कीले ढिलो गरी सो निर्णय प्रमाणित गरेसँगै विधेयकलाई भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको थियो । मन्त्रिपरिषद्को निर्णयसँगै मन्त्रालयले विधेयकको मस्यौदासहित आवश्यक कागजात लोक सेवा आयोगमा पठाएको हो । लोक सेवा आयोगबाट राय र परामर्श प्राप्त भइसकेपछि मन्त्रिपरिषद् हुँदै विधेयक संसद्मा दर्ता हुनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४६ शाखा अधिकृतको सरुवा : ३० लाई स्थानीय तह,१६ लाई ल्याइयो सिंहदरबार

परामर्शका लागि लोकसेवा आयोगमा पुग्यो संघीय निजामती सेवा विद्येयक

मन्त्रिपरिषद्को बैठक बस्दै : दुई सचिव बढुवाको सम्भावना

अख्तियार प्रमुख आयुक्त र न्यायधीश रेग्मीमाथि महाभियोग माग गर्दै निवेदन

प्रतिनिधि सभामा आज चार वटा विधेयक पेश हुँदै

बाढीले बगाउँदा पनि आत्तिएनन् सशस्त्रका गोताखोर रमेश, आफू बाँचेपछि मजदुरको जीवन बचाए

प्रधानमन्त्री कोषमा व्याट–३५ र ४० का शाखा अधिकृतहरूको सामुहिक सहयोग

चौथौंदेखि छैटौं तहका कर्मचारीको सरुवा

बिशेष