बिज्ञापन
रिक्त एक सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रशासन सेवाका बरिष्ठ सहसचिवहरु उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङको नाम बढुवाका लागि सिफारिस गरेको हो ।
बिज्ञापन
बढुवा सिफारिस भएकामध्ये खत्री अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख,पराजुली राष्ट्रिय महिला आयोगको सचिवका र तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत छन्।
अब बढुवा समितिको सिफारिस मन्त्रिपरिषदमा पेस हुनेछ। तीन जनामध्येबाट सरकारले एक जनालाई सचिवमा बढुवा गर्नेछ। सरकारले भदौं महिना लागे यता चार जना बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरिसकेको छ । कमलप्रसाद भट्टराई, इन्दु घिमिरे, नारायणप्रसाद भट्ट सचिवमा बढुवा भएर भट्टराई बागमती प्रदेशको प्रमुख सचिव,घिमिरे रक्षा मन्त्रालयको सचिवमा पदस्थापन भइसकेका छन् भने भट्ट कोशी प्रदेशमा पुगेका छन् ।
बिज्ञापन
बढुवाको पहिलो नम्बरमा रहँदै आएका बिनोदबहादुर कुँवर सचिवमा एकल बढुवा सिफारिसमा परेका छन् । अब सचिव बढुवाका लागि आभा श्रेष्ठ, चक्रबहादुर बुढा र जयनारायण आचार्यहरु प्रतिष्प्रर्धामा छन् ।




























