पहिला ठेक्का,अहिले टेण्डर

संघीय संसदहरुलाई खाना र खाजा खुवाउने जिम्मा पूर्व राजपरिवारको लगानी रहेको सोल्टी होटलललाई दिएको केही साता पछि टेण्डर खोलेको छ । यस अघि संघीय संसद सचिवालयको ठाडो दबाबमा संसदको क्यान्टिनको ठेक्का विना टेण्डर सोल्टीलाई सुम्पिइएकोमा बल्ल टेण्डर प्रक्रिया अगाडि बढाइएको छ । यस अघि टेण्डर प्रक्रियाबाटै संसदमा क्यान्टिन चलाउने ठेक्का पाएको थियो, पोखरामा होटल रहेको सिएन पाण्डेवाला ल्याण्डमार्क कम्पनीले । नयाँ आर्थिक वर्ष लागेसँगै ठेक्का अवधि सकिएकोमा साउन महिनाभरी ल्याण्डमार्कले नै क्यान्टिन चलाइरहेको थियो तर अवधि सकिएको एक महिना बितिसक्दा नयाँ प्रक्रियाका निम्ति ठेक्का खोलिएको थिएन ।

बिज्ञापन

असार मसान्तमै टेण्डर सकिए पनि संघीय संसद सचिवालयले दुई महिना २२ दिन पछि बल्ल नयाँ टेण्डर प्रक्रिया अगाडि बढाएको हो । यस अघि मौखिक रुपमा अर्काे व्यवस्था नभएकोसम्मका क्यान्टिन चलाइदिन आग्रह बमोजिम ल्याण्डमार्कले संसदको क्यान्टिन चलाइरहेको थियो । साउन महिनामै हटाएर बीचमा विना टेण्डर सोल्टी होटललाई संसदको चमेना गृह चलाउन ठेक्का दिइएको थियो । उसलाई बीचमै हटाएर विना टेण्डर सोल्टी होटलाई ठेक्का दिइएकोमा अहिले फेरि टेण्डर प्रक्रिया अगाडि बढाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

बिज्ञापन

यस अघि ‘जिटुजी’ सम्झौताअन्तर्गत तारागाउँले क्यान्टिन चलाइरहेको थियो । अघिल्लो बर्ष टेण्डरमार्फत ल्याण्डमार्कले ठेक्का हात पारेको थियो । सो समयमा संसद् सचिवालय र संसद् भवनमा क्यान्टिन सञ्चालनका लागि सोल्टी, फाइभ स्पाइसी र ग्लोबल हस्पिटालिटीसहित प्रतिस्पर्धामा रहेकामध्ये टेण्डरमार्फत ल्यान्डमार्क होटलले टेण्डर हात पारेको थियो । गत बर्ष टेण्डर प्रक्रियाबाट बाहिरिएको सोल्टी यस पटक विना टेण्डर सिधै संसदमा घुस्न सफल भइसकेको छ ।

बिज्ञापन

नयाँ टेण्डर सूचना अनुसार,आगामी असोज १२ गतेभित्र टेण्डरका लागि इजाजत प्राप्त फर्म,संस्था,कम्पनीले शर्त तथा अधीनमा रहि बोलपत्र पेश गर्न भनिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

बिशेष