रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजनामा कार्यरत ४७ जना कर्मचारीहरू अझै सम्पर्कविहीन रहेको जनाएको छ । नेपाल विद्युत प्राधिकरणले हालसम्म माथिल्लो त्रिशुली–३ ए जलविद्युत् केन्द्रको पुरिएको संरचनाबाट दुई जना कर्मचारीको सकुशल उद्धार गरिएको र एक जनाको शव प्राप्त भएकोमा बाँकी ४७ कर्मचारी अझै फेला पर्न नसकेपछि नजिकका आफन्तको डीएनए परीक्षण प्रक्रिया अघि बढाइने भएको प्राधिकरणले जनाएको छ ।
बिज्ञापन
यसरी वेपत्ता भएका कर्मचारीहरुमा इन्जिनियर, सुपरभाइजर, फोरम्यानदेखि सुरक्षा गार्डसम्म रहेका छन् । जसमा इन्जिनियरहरू दिलिप यादव, राजेन्द्र ढकाल, महेन्द्र विक्रम शाही, र निरजन पांगेनी लगायतका कर्मचारीहरू छन् । बेपत्ता कर्मचारीहरू बैतडी, पर्सा, सिन्धुली, नुवाकोट, रुपन्देही, महोत्तरी लगायत देशका विभिन्न जिल्लाका बासिन्दा हुन् ।
बिज्ञापन
प्राधिकरणका अनुसार,बैतडीका विनोद प्रसाद पाण्डे,पर्साका दिलिप यादव,सिन्धुली स्थायी ठेगना भएका राजेन्द्र ढकाल,जाजरकोट घर भइ माथिल्लो त्रिशुली ३ एमा कार्यरत महेन्द्र विक्रम शाही,सोही जलविद्युत परियोजनामा कार्यरत रहेका महोत्तरीका सन्तोष कुमार ठाकुर,बुटबल स्थायी ठेगना रहेका इन्द्र अधिकारी,सप्तरी घर भएका ओम प्रकाश चौधरी,महोत्तरीका विकास यादव सम्पर्कमा छैनन ।
यस्तै बाराका रमेश कुमार यादव,विदुर स्थायी ठेगना भएका सानु बहादुर श्रेष्ठ,काभ्रेपलाञ्चोक घर भएका आइत तामाङ,कल्याणपुर नुवाकोटका हरि बहादुर बोगटी,सिन्धुली घर भएका खगेन्द्र मगरती,प्यूठानका सुर्य बहादुर के सी समेत सम्पर्कमा छैनन् ।
यस्तै रबिना तुल्सीबाख्यो,भक्तपुर स्थायी ठेगना भएका कर्मचारी,रमिला भण्डारी खुदी १, लमजुङका अलवा धादिङ स्थायी ठेगना भएका कुमार बहादुर राउत,सप्तरीका अमर कान्त चौधरी बरमझिया,त्रिशुली स्थायी ठेगना भएका नारायण प्रसाद अर्याल,त्रिशुलीकै सुदिप कुमार श्रेष्ठ,जिरी स्थायी ठेगना भएका तेज बहादुर जिरेल,जिब लाल अधिकारी, कपिलवस्तु घर भइ कुलेखानी तेस्रो जलविद्युत केन्द्रमा कार्यरत कर्मचारी सम्पर्कमा छैनन् । प्राधिकरणका अनुसार,तिल बहादुर राना बिरघा अर्चले ९, स्याङ्जा घर भएका र हाल कालीगण्डकी ए जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीका अलवा किर्त सिंह विष्ट,निरज बाबु रेग्मी,झपट बहादुर घर्ती,अस्मिता लामा,शान्ति माया तामाङ,सोम लाल गोले,राधिका भुजेल,माया मिजार,राम शरण न्यौपानेसहितका ४७ कर्मचारी वेपत्ता भएको प्राधिकरणले जनाएको छ ।
बिज्ञापन
बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । त्यसका लागि बेपत्ता व्यक्तिको सबैभन्दा नजिकको नातेदार बुबा,आमा,छोरा वा छोरीमध्ये कुनै एक जनाको ताजा रगतको नमूना संकलन गर्न सूचना जारी गरिएको छ । बेपत्ता कर्मचारीको नजिकका आफन्तले दुईप्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल,महाराजगञ्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।
डीएनए परीक्षणका लागि रगतको नमूना दिएको स्लिप तथा परीक्षणपछि प्राप्त रिपोर्टसमेत एकीकृत तथ्यांक संकलनका लागि ‘एनइए इन्फरमेसन सेन्टर फर रसुवा फ्लड’ ह्वाट्सएप समूहमा पठाउन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले बाढीबाट प्रभावित तथा बेपत्ता कर्मचारीको खोजी,उद्धार र पहिचानका लागि सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेको जनाउँदै ४७ जनाको फोटोसहितको विवरण सार्वजनिक गरेको छ ।





























