सल्यानका २१ वर्षीय आयुष खड्काको पहिलो पोस्टिङ नै रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा भएको थियो । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर पाँच महिना अगाडि वैशाखमा रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोस्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै १० भदौंमा आएको प्रलयकारी बाढीमा परेर उनले ज्यान गुमाए ।
रसुवा पोष्टिङ भएपछि आयुष अधिकृतमा भिड्ने योजनामा थिए । खरिदारमा नाम निस्किएकाले काम गर्दै पढ्न सुझाव दिएपछि उनी रसुवा पुगेका उनी अब कहिल्यै नफर्किने गरी बिलाएका छन् ।
बिज्ञापन
बागचौर नगरपालिका–१० पिपलनेटाका आयुष, खड्का परिवारकै जेठो छोरा हुन्। उनी भदौ १२ मा काठमाडौं आउने र त्यसपछि परीक्षा दिन भदौ १६ मा घर जाने योजनामा थिए। तर,दुर्भाग्य, घर जाने तयारी गरिरहँदा भदौ १० को बिहान उनी बाढीमा परे।
उनी कहिल्यै नफर्किने बाढीमा परेर ज्यान गुमाए ।
बिज्ञापन
बाढीमा परेर शव भेटिएको पाँच दिनपछि भदौं १५ मा चितवन र तनहुँको संगमस्थल देवघाटमा उनको अन्त्येष्टि गरिएको छ । शव बिग्रने अवस्था र घरसम्म लैजान नमिल्ने भएपछि देवघाटमै अन्त्येष्टि गरिएको परिवारले जनाएको छ ।




























