रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा जिल्लामा कार्यरत १२ जना स्वास्थ्यकर्मी हालसम्म सम्पर्कविहीन रहेको जनस्वास्थ्य कार्यालय, रसुवाले जनाएको छ।जनस्वास्थ्य कार्यालय, रसुवाका अनुसार भदौ १० गतेदेखि उनीहरू परिवार तथा सम्बन्धित निकायको सम्पर्कमा आएका छैनन्।
यसरी सम्पर्कविहीन हुनेमा स्थानीय तह, बागमती प्रदेश तथा अन्य निकायअन्तर्गत कार्यरत स्वास्थ्यकर्मी रहेका छन्। जसमा स्याफ्रुबेसी स्वास्थ्य चौकीमा कार्यरत खम्बु बोहोरा, गोसाइँकुण्ड गाउँपालिकाकी मनोसामाजिक परामर्शकर्ता कोपिला केसी, दाहालफेदी सामुदायिक स्वास्थ्य एकाइका विजयकुमार घले, टिमुरे स्वास्थ्य चौकीका सुस्मिता पाण्डे, कर्मा हिलिस घले र सरिता मल्ल रहेका छन्।

बिज्ञापन

त्यस्तै, रसुवागढी हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट गोविन्द यादव र स्टाफ नर्स ललिता देवी कुमाई, उत्तरगया गाउँपालिकाको स्वास्थ्य शाखाका बलराम न्यौपाने र प्रदीप न्यौपाने, उत्तरगयास्थित श्री निलकण्ठ माध्यमिक विद्यालयकी विद्यालय नर्स ममता श्रेष्ठ तथा उत्तरगयाको सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत दिनिशा शाही पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

बिज्ञापन

यस्तै स्वास्थ्यकर्मी कोपिला केसी सात महिनाको बच्चासहित सम्पर्कविहिन छिन् भने सुस्मिता पाण्डे दुई वर्षको बच्चासहित, सरिता मल्ल तीन वर्षको बच्चासहित, ललिता देवी कुमाई आठ महिनाको बच्चासहित तथा ममता श्रेष्ठ श्रीमान्, दुई वर्षको छोरा र चार वर्षकी छोरीसहित सम्पर्कविहीन रहेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । यसरी सम्पर्क विहिन भएका कर्मचारीहरुमध्ये खम्बु बोहोरा — रुकुम पश्चिम स्थायी ठेगना रहि स्याफ्रुबेसी स्वास्थ्य चौकीमा कार्यरत रहेकी थिइन भने रुकुम पश्चिम नै स्थायी ठेगना भएकी कोपिला केसी गोसाइँकुण्ड गाउँपालिकामा कार्यरत थिइन । यस्तै विजयकुमार घले — गोसाइँकुण्ड–२ घर भएका हुन भने सुस्मिता पाण्डे — गोरखा स्थायी ठेगना भइ टिमुरे स्वास्थ्य चौकीमा कार्यरत थिइन । कर्मा हिलिस घले — गोसाइँकुण्ड–२, टिमुरेमा कार्यरत थिए भने कालिकोट स्थायी ठेगना भएका सरिता मल्ल — टिमुरे स्वास्थ्य चौकीमा कार्यरत थिइन । सर्लाही स्थायी ठेगना भएका गोविन्द यादव — रसुवागढी हेल्थ डेस्कमा कार्यरत थिए ।
सम्पर्कविहिन भएकामध्ये जाजरकोट स्थायी ठेगना भएका ललिता देवी कुमाई —रसुवागढी हेल्थ डेस्कमा कार्यरत थिइन । यस्तै उत्तरगया चार स्थायी ठेगना भएका बलराम न्यौपाने — उत्तरगया, स्वास्थ्य शाखाका प्रमुखका रुपमा कार्यरत थिए भने उत्तरगया स्थायी ठेगना रहेका प्रदीप न्यौपाने — उत्तरगया, स्वास्थ्य शाखामा कार्यरत थिए । यस्तै ममता श्रेष्ठ — उत्तरगया, श्री निलकण्ठ मावि
र दिनिशा शाही — डोल्पा,स्थायी ठेगना भइ उत्तरगयाको सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत रहेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१७ सयको मासु खान सक्नेले २१ सयको ग्यास महँगो भन्न मिल्दैन’ : आयल निगमका कार्यकारी निर्देशक साह

रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

रसुवा विपद् र जलवायु–सहिष्णु विकासको आवश्यकता

बाढी विस्थापित साढे सात हजारलाई अस्थायी आवासको प्रवन्ध गर्ने जिम्मेवारी सहसचिव जोशीको काँधमा

बाढीका कारण ५३ सरकारी संरचना ध्वस्त,१६० कर्मचारी वेपत्ता,तीन मृत

बिशेष