बाढी विस्थापित साढे सात हजारलाई अस्थायी आवासको प्रवन्ध गर्ने जिम्मेवारी सहसचिव जोशीको काँधमा

सरकारले नापी विभागको संयोजकत्वमा एक समिति बनाएको छ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी प्रभावित तथा विस्थापित परिवारलाई तत्काल अस्थायी आवास निर्माणको प्रक्रिया अघि बढाएको सरकारले उनीहरुको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्नका लागि विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको हो।

बिज्ञापन

दसैँअगाडि नै उनीहरूलाई होल्डिङ सेन्टरबाट अस्थायी आवासमा सार्ने तयारी अनुसार काम अगाडि बढाइरहेको सरकारले अस्थायी आवास निर्माणका लागि १० सदस्यीय समिति बनाएको हो । सो समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य र सदस्य सचिवमा दामोदर वाग्ले रहेका छन्।

बिज्ञापन

भदौ १० गतेको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ५३ वटा सरकारी संरचना ध्वस्त भएका छन् । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार,तीन जिल्लामा मात्र झण्डै साढे सात हजार घर पूर्ण रुपमा क्षति भएको छ ।

पूर्वाधार विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागको टोलीले गरेको प्रारम्भिक अध्धयन अनुसार,रसुवा र नुवाकोटमा गरी सात हजार ५६ बढी घरमा पूर्ण रुपमा क्षति पुगेको विवरण तयार पारेको हो । जसमा नुवाकोटमा मात्र ३ हजार ९७७ वटा घरमा क्षति पुगेको र रसुवामा १ हजार ७ सय ७९ घरमा पूर्ण रुपमा क्षति पुगेको प्रारम्भिक तथ्यांक संकलन गरेको छ । जसमध्ये नुवाकोटको सदमुकाम विदुरमा ३ हजार २६, किस्पाङमा ६९६, बेलकोटगढीमा २९२ र तारकेश्वरमा ४३ घर क्षतिग्रस्त भएका छन्। त्यस्तै, रसुवामा १ हजार ७७९ घरमा क्षति पुगेकोमा गोसाइँकुण्ड गाउँपालिकाको २ र ३ नम्बर वडा तहसनहस भएको छ। सो पालिकामा मात्रै १ हजार ४० घरमा क्षति पुगेको छ।यस्तै, उत्तरगयामा ५६७ घर क्षतिग्रस्त भएका छन् भने कालिकामा ११२, आमाछोदिङ्मोमा ५७ घरमा क्षति पुगेको प्रारम्भिक रिर्पोट तयार पारेको छ । यस्तै धादिङमा कुल ३ हजार ४ सय ५१ घरहरू क्षतिग्रस्त भएका छन् । यसमध्ये बेनिघाट रोराङमा १ हजार ०३७, सिद्धलेकमा ३२८, गजुरीमा १०७ र गल्छीमा ९९ घरहरू बाढीको चपेटामा परेका छन् । यस्का अलवा रसुवा, नुवाकोट र धादिङमा गरी ५३ वटा सरकारी संरुचना बाढीका कारण ध्वस्त भएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार समितिलाई बाढीका कारण घरजग्गामा क्षति भई विस्थापित भएका, सोही स्थानमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढी विस्थापित साढे सात हजारलाई अस्थायी आवासको प्रवन्ध गर्ने जिम्मेवारी सहसचिव जोशीको काँधमा

बाढीका कारण ५३ सरकारी संरचना ध्वस्त,१६० कर्मचारी वेपत्ता,तीन मृत

स्टन्टको आरोपपछि गृहमन्त्रीको प्रष्टीकरण : ‘पुराना नेता जस्तो मन्त्रालयको कुर्सीमा मात्रै बस्ने म परिनँ’

मुस्ताङ भन्सारमा विवादित कर्मचारीको ‘टिम’, कर्मचारीको ‘सेटिङ’ले अर्थमन्त्री बदनाम

अशक्तको घरमा प्रजिअ : घरमै नागरिकता पाइन अस्मिताले

लिखतसम्बन्धी कसुरमा कम्युटर अपरेटर पक्राउ

त्रिशूली ३ ए को सुरूङबाट २ जनाको जीवितै उद्धार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बिशेष