स्टन्टको आरोपपछि गृहमन्त्रीको प्रष्टीकरण : ‘पुराना नेता जस्तो मन्त्रालयको कुर्सीमा मात्रै बस्ने म परिनँ’

विपद्को समयमा गृहमन्त्रीले नीतिगत कामको सट्टा ‘स्टन्ट’ देखाएको भनी आलोचना भइरहेका बेला गृहमन्त्री गुरुङले नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग मात्र जोडेर हेर्नु ‘पुरानो युगको सोच’ भएको टिप्पणी गरेका छन् ।

बिज्ञापन

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको प्रष्ट पारेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,पूरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ, जेनेरेसन ग्याप भएको टिप्पणी गरेका छन् ।

बिज्ञापन

बाढीपश्चात उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा ‘कमान्ड सेन्टर’ पूर्ण रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै उनले भनेका छन्, ‘चिन्ता लिनु पर्दैन, हामी अनलाइनबाटै हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ । टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी भइरहेको छ ।’ ‘टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको दाबी गर्दै उनले भनेका छन्, कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनु अनुरोध गर्नु चाहन्छु।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्टन्टको आरोपपछि गृहमन्त्रीको प्रष्टीकरण : ‘पुराना नेता जस्तो मन्त्रालयको कुर्सीमा मात्रै बस्ने म परिनँ’

मुस्ताङ भन्सारमा विवादित कर्मचारीको ‘टिम’, कर्मचारीको ‘सेटिङ’ले अर्थमन्त्री बदनाम

अशक्तको घरमा प्रजिअ : घरमै नागरिकता पाइन अस्मिताले

लिखतसम्बन्धी कसुरमा कम्युटर अपरेटर पक्राउ

त्रिशूली ३ ए को सुरूङबाट २ जनाको जीवितै उद्धार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

बिशेष