बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

भोटेकोशी बाढीले रसुवा र नुवाकोटमा मात्र पाँच हजार सात सय बढी घरमा क्षती पुगेको छ ।

बिज्ञापन

पूर्वाधार विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागको टोलीले गरेको प्रारम्भिक अध्धयन अनुसार,रसुवा र नुवाकोटमा गरी पाँच हजार ७ सय ५६ बढी घरमा पूर्ण रुपमा क्षति पुगेको विवरण तयार पारेको हो । जसमा नुवाकोटमा मात्र ३ हजार ९७७ वटा घरमा क्षति पुगेको र रसुवामा १ हजार ७ सय ७९ घरमा पूर्ण रुपमा क्षति पुगेको प्रारम्भिक तथ्यांक संकलन गरेको छ । जसमध्ये नुवाकोटको सदमुकाम विदुरमा ३ हजार २६, किस्पाङमा ६९६, बेलकोटगढीमा २९२ र तारकेश्वरमा ४३ घर क्षतिग्रस्त भएका छन्। त्यस्तै, रसुवामा १ हजार ७७९ घरमा क्षति पुगेकोमा गोसाइँकुण्ड गाउँपालिकाको २ र ३ नम्बर वडा तहसनहस भएको छ। सो पालिकामा मात्रै १ हजार ४० घरमा क्षति पुगेको छ।यस्तै, उत्तरगयामा ५६७ घर क्षतिग्रस्त भएका छन् भने कालिकामा ११२, आमाछोदिङ्मोमा ५७ घरमा क्षति पुगेको छ।

बिज्ञापन

यस्का अलवा रसुवा र नुवाकोटका सरकारी कार्यालयहरु समेत बाढीले बगाएको छ । बाढीले रसुवा भन्सार कार्यालय, प्रहरी चौकी दुई वटा, अध्यागमन कार्यालय, राष्ट्रिय निकुञ्जको चेकपोस्ट, प्लान्ट क्वारेन्टाइनको कार्यालय, उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका प्रशासनिक भवन विभिन्न स्थानीय तहका गरी १२ वटा वडा कार्यालय बाढीले बगाएका छन् । त्यस्तै रसुवाकै उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका स्वास्थ्य कार्यालय, कृषि कार्यालय, पशुसम्बन्धी कार्यालयलगायतका कार्यालय पनि क्षति भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रारम्भिक विवरण अनुसार बाढीबाट अहिलेसम्म कर्मचारी, शिक्षक गरी ६० जना सम्पर्कविहीन भएका छन् । जसमा २५ जना सङ्घीय निजामती कर्मचारी, १९ जना स्थानीय तहका कर्मचारी र १६ जना शिक्षक छन् । बेपत्ता भएका कर्मचारीमध्ये तीन जनाको मृत्यु पुष्टि भइसकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

बिशेष