पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

बर्तमान सरकार बने यताको पाँच महिनामा १३७ सहसचिवहरुको सरुवा क्याविनेटले गरेको छ । मन नपर्ने सहसचिवहरुलाई भकुण्डो बनाउने सिलसिला चैत्र १६ देखि जारी छ । सत्तामा आउने व्यक्ति फेरिएको हो,प्रवृत्ति उस्तै देखिन्छ । नयाँ ‘पुराना’ र ‘नयाँ’बीच कुनै फरकपना नदेखिएको भन्दै कर्मचारीहरुले तीतो पोख्न थालेका छन् ।

बिज्ञापन

हिजोको पुरातन सत्ताको पदचाप पच्छ्याउँदै वर्तमान सरकार समेत कर्मचारी सरुवामै अल्झन थालेको छ । गत चैत्र १३ यतामात्र सरकारले १३७ जना सहसचिवको क्याविनेटबाटै सरुवा गरेको भेटिन्छ । झण्डै ६ सय भन्दा बढी सहसचिवको दरबन्दी रहेकोमा चार महिनाको अवधिमा एक चौथाइ सहसचिवहरु सरुवा परिसकेका छन् । त्यो पनि विभागीय मन्त्री तथा सचिवसँग परामर्श विनै ।

बिज्ञापन

सरकारले गत ३ भदौंको निर्णय अनुसार २७,साउन २० को निर्णय अनुसार तीन,साउन १३ मा २१ सहसचिवहरु फुटबल बनाएको थियो । यस्तै असार १८ मा १५,जेठ १२ मा २९ जना,वैशाखको २१ मा ११,वैशाख १० मा २५, चैत्र १६ मा ६ जना सहसचिवहरु सरुवा गरिसकेको छ । विगतमा कुनै पनि कर्मचारीको सरुवा गर्नुअघि सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवसँग सल्लाह गर्ने परिपाटी रहेकोमा सम्बन्धित मन्त्री र सचिवलाई समेत जानकारी नदिइ सहसचिवहरु सरुवा हुन थालेको र यसमा प्रधानमन्त्रीका सचिवालय हाबी भइरहेको बिषय मुख्यसचिव गोविन्दबहादुर कार्कीसमक्ष गुनासो पुगेको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

बिशेष