भन्सार विभागले मुस्ताङको कोराला नाकामा थप जनशक्ति पठाउने तयारी गरेको छ । विभागले सो नाकामा अधिकृत र नायब सुव्वा तहका गरी ९ जना कर्मचारीहरुलाई काजमा त्यता खटाउने गृहकार्य गरिरहेको हो ।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बाढीका कारण पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोराला नाकामा व्यापारिक चाप बढ्न पुगेको छ । रसुवागढी र तातोपानी दुबै नाका बन्द भएसँगै अहिले कोराला नाकामा चाप बढेको हो । सोही व्यापारिक चापलाई मध्यनजर गर्दै विभागले थप जनशक्ति त्यहाँ पठाउने गृहकार्य गरेको छ ।
बिज्ञापन
हाल कोरला नाका १ जना उपसचिव,२ अधिकृतसहित ९ जना कर्मचारीको भरमा चलिरहेको छ । सोही नाकामा थप ९ जना कर्मचारीहरु खटाइने गृहकार्य भइरहेको भन्सार स्रोतले जनाएको छ । आज साँझसम्ममा २ अधिकृत र सात जना नायब सुव्बा तहका गरी थप ९ जना जनशक्तिलाई काजमा त्यहाँ खटाउने गृहकार्य भइरहेको छ ।
बिज्ञापन
सो नाकाबाट गाडी भित्र्याउँदा रसुवागढी र तातोपानी नाकाभन्दा ६ लाखसम्म बढी मूल्य पर्ने गरेको छ । सोही नाका प्रयोग गर्दै पछिल्लो समय तस्करीको गतिविधिहरु बढ्दै गएको छ । भन्सार विभागले तस्करी घटाउने कर्मचारीलाई त्यहाँ खटाउँछ वा तस्करीमा सहयोग गर्ने थप जनशक्ति त्यहाँ खटाउँछ,त्यो भने काज सरुवाको सूची निस्किएपछि मात्र भन्न सकिन्छ ।





























