एकै पटक दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)ले राजीनामा दिएका छन् । जागिर अवधि पाँच महिना र तीन महिना अवधि बाँकी छँदै दुई सिडियोले पदबाट राजीनामा दिएका हुन । झापाका सिडिओ शिवराम गेलालले गेलालले दुई दिनअघि काठमाडौँ पुगेर गृहसचिवसमक्ष राजीनामा पत्र बुझाउनु अगावै दोलखाको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सरकारी सेवाबाट स्वेच्छिक अवकाश रोजेका हुन ।
बिज्ञापन
गत कार्तिकमा झापाको सिडिओ बनेका गेलाल सो जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा ९ महिना पूरा भएको थियो । उनले बिहिबारदेखि लागू हुने गरी राजीनामा दिएका हुन । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन । २०७७ सालमा सहसचिव बढुवा भएका गेलाल ३९ वर्ष लामो निजामती सेवाको करिअरमा २६ वर्ष गृह प्रशासनमै बिताएका छन् । उनले यो अवधिमा महोत्तरी, डोल्पा, धनकुटा, रसुवा र रोल्पालगायत जिल्लामा प्रमुख जिल्ला अधिकारी चलाएका थिए ।
बिज्ञापन
उता गृहकै अर्काे सहसचिवले पनि राजीनामा दिएका छन् । हाल दोलखाको प्रमुख जिल्ला अधिकारी रहेका हरिप्रसाद घिमिरेले पनि पदबाट राजीनामा दिएका छन्। सहसचिव हुँदा डडेल्धुरा, अर्घाखाँची, भोजपुर, उदयपुर र पर्वतमा प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हालेका घिमिरेले भदौ १० गते राजीनामा बुझाएको र भदौ १८ गते बिहीबारदेखि लागू हुने गरी सेवा छाड्न लागेका हुन । घिमिरेले राजीनामा नदिएको भए अझैं तीन महिना मंसिर १५ गतेसम्म सेवामा रहन्थें ।





























