उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

रसुवाको उत्तरगया गाउँपालिकाबाट मात्र ४२६ जना वेपत्ता भएका छन् । पाँच वटा वडा रहेको सो पालिकाको सबैभन्दा धेरै वडा नं १ बाट २१९,वडा नं २ का ८८ जना, ३ नम्बर वडाबाट २७ जना, वडा नं ४ बाट मा ७७ जना र वडा नं ५ मा १५ जना बेपत्ता भएका छन् ।

बिज्ञापन

पालिकाको अनुसार गाउँपालिकाकै ५ जना कर्मचारीहरू समेत बेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये स्वास्थ्य शाखाका प्रमुख बलराम न्यौपाने,प्रदीप न्यौपाने लगायत रहेका छन् र हालसम्म एक जनाको मात्र शव फेला परेको पालिकाले जनाएको छ । भोटेकोसीमा आएको बाढीका कारण पालिकाको प्रशासनिक भवनमात्र नभई तीन वटा विद्यालय, स्वास्थ्य चौकी, पशु सेवा कार्यालय र कृषि कार्यालय समेत बगाएको छ ।

बिज्ञापन

पालिकाको अनुसार घरबारविहीन भएका र जोखिममा रहेकाहरूका लागि गाउँपालिकाले विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरेको छ । गणेश आदर्श विद्यालयमा ४९ जना, सल्ले प्राविमा १२१ जना, कालिका माविमा १९ जना, भीमसेन आधारभूत विद्यालयमा ४९ जना, शिवालयमा २०० जना र सामुदायिक भवनमा १८ जनालाई राखिएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

बिशेष