झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले सरकारी सेवाबाट स्वेच्छिक अवकाश लिने निर्णय गर्दै राजीनामा पेस गरेका छन्। नेपाल सरकारका सहसचिवसमेत रहेका गेलालले आफ्नो सेवा अवधि करिब ६ महिना बाँकी रहँदै राजीनामा दिएका हुन्।

बिज्ञापन

गेलालले बुधबारदेखि लागू हुने गरी स्वेच्छिक अवकाशका लागि राजीनामा पेस गरेको जानकारी दिएका छन्। उनले आफ्नो निर्णय पछाडि कुनै प्रशासनिक वा अन्य कारण नभएको स्पष्ट पार्दै घरायसी कारणले स्वेच्छिक अवकाश रोजेको बताएका छन्।

बिज्ञापन

‘भोलिको मितिदेखि लागू हुने गरी स्वेच्छिक अवकाश रोजेर राजीनामा पेश गरेको हो,’ गेलालले भनेका छन्, ‘अन्य कुनै पनि कारण होइन, घरायसी कारणले स्वेच्छिक अवकाश रोजेको हो।’

उनले राजीनामा पेस गरिसके पनि त्यसको औपचारिक स्वीकृति भने भइसकेको छैन। राजीनामा स्वीकृत नभएसम्म उनी झापाको प्रमुख जिल्ला अधिकारीकै जिम्मेवारीमा रहनेछन्। बुधबार पनि गेलाल सीडीओकै रूपमा जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत छन्।

बिज्ञापन

सहसचिव तहको जिम्मेवारीमा रहेका गेलालले सेवा अवधिको केही समय बाँकी रहँदै अवकाश रोजेपछि उनको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढ्ने भएको छ।  स्वीकृत भएपछि भने झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा नयाँ अधिकारी पठाउने बाटो खुल्नेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

बिशेष