शर्मालाई गृह सचिवको जिम्मेवारी

गृह मन्त्रालयको सचिव परिवर्तन भएका छन् । आगामी तीन दिन पछि अनिवार्य अवकाशमा जान लागेका हालका गृह सचिव राजकुमार श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानेर गृहमा केदारनाथ शर्मालाई खटाइएको हो । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

शर्मा हाल रक्षा मन्त्रालयमा कार्यरत थिए । उनलाई गृह सचिवको जिम्मेवारी दिइएको हो । सचिव शर्मा गृहका क्याडर हुन्। यस अघि कोशी प्रदेशको प्रमुख सचिव, भूमि व्यवस्था मन्त्रालयको सचिव हुँदै रक्षामा पुगेका उनी यस अघि काठमाडौंको प्रमुख जिल्ला अधिकारी चलाइसकेका गृह प्रशासनका अनुभवी कर्मचारी मानिन्छन् ।  हाल गृहसचिव रहेका राजकुमार श्रेष्ठ ३ दिनपछि अनिवार्य अवकाशमा जाँदै थिए । सचिव श्रेष्ठ आगामी भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

देश पीडामा,अर्थमन्त्री भोजमा,नाडा अटो व्यवसायी उत्सवमा

रसुवा र नुवाकोटमा बाढीपीडितको उपचारका लागि भक्तपुर अस्पतालबाट दुई मेडिकल टोली परिचालन

रसुवामा प्रभावकारी बन्न सकेन राहत र उद्धार, बाढीले बगाएका बस्तीमा शव कुहिन थाले

सरकारका प्रवक्ता भन्छन्– ग्लेसियर फुटेर लेदोसहितको पानी ओभरफ्लो, तत्काल ठूलो जोखिम छैन

२३ अधिकृत, ४३ लेखापाल र १० सह लेखापालसहित ७६ कर्मचारीको सरुवा

भोटेकोशी बाढी : ४६९ शव भेटियो

बिशेष