सरकारका प्रवक्ता भन्छन्– ग्लेसियर फुटेर लेदोसहितको पानी ओभरफ्लो, तत्काल ठूलो जोखिम छैन

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमछेउमा बनेको ठूलो तालबाट ग्लेसियर फुटेको जानकारी प्राप्त भएको सरकारले जनाएको छ । यद्यपि, त्यसबाट तत्काल ठूलो जोखिम नरहेको सरकारले जनाएको छ ।

बिज्ञापन

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले चीन सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत निरन्तर संवाद भइरहेको र चिनियाँ पक्षबाट पनि तत्काल ठूलो जोखिम नरहेको जानकारी प्राप्त भइरहेको बताए ।

बिज्ञापन

‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ । त्यो संवादमा त्यस्तो ठूलो जोखिम नरहेको चीनतर्फबाट पनि आइरहेको छ । सतर्कमा बस्नका लागि सबै जनालाई आग्रह गर्न चाहन्छु,’ पोखरेलले भने ।

उनका अनुसार ड्याम फुटेको नभई ग्लेसियर फुटेका कारण विभिन्न स्थानमा लेदोसहितको पानी ओभरफ्लो भएको हो । कतै ड्याम फुटेको भन्ने छैन । सामान्य ग्लेसियरहरू फुटेको हुनाले धेरै ठाउँमा पानी लेदोसहितको ओभरफ्लो भएको छ,’ उनले भने, ‘त्यस्तो ठूलो जोखिम तत्कालै देखिएको छैन, तर सतर्क हुनका लागि भने आवश्यक छ ।’

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारका प्रवक्ता भन्छन्– ग्लेसियर फुटेर लेदोसहितको पानी ओभरफ्लो, तत्काल ठूलो जोखिम छैन

२३ अधिकृत, ४३ लेखापाल र १० सह लेखापालसहित ७६ कर्मचारीको सरुवा

भोटेकोशी बाढी : ४६९ शव भेटियो

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

भोटेकोशी बाढी प्रभावितको पहिचान र परिवारसँग पुनर्मिलनका लागि बागमती सरकारको पहल

रसुवा बाढीपीडितको सहारा बन्दै पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्

चीनतर्फ फुट्यो ठूलो ताल, रसुवामा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा

बिशेष