रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ६९ पुगेको छ । शुक्रबार मध्यान्हसम्म ४६९ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
बाढीमा परी ज्यान गुमाउनेमधये ४६९ जनाको शव फेला परेको छ । तर, हालसम्म ९ जनाको मात्रै पहिचान भएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार शव दाबी गर्ने क्रमसँगै पहिचानका लागि विभिन्न विधि अपनाउने काम भइरहेको छ । कतिपय शवको अनुहारको संरचना नै बिग्रिएका कारण आफन्तले नै चिन्न नसक्दा शव पहिचान जटिल भएको हो ।
बिज्ञापन
हालसम्म नुवाकोट र काठमाडौंमा ३–३ जना, पोखरामा १ र चितवनमा २ जनाको शव पहिचान भएको काफ्लेले बताए । भेटिएका शवमध्ये अधिकांश क्षतविक्षत भएका कारण पहिचानमा समस्या भएको उनले बताए । प्रहरीका अनुसार तनहुँ जिल्लाले मुग्लिङ–देवघाट क्षेत्रमा हालसम्म ३० वटा शव फेला पारेको छ । त्यसमध्ये शुक्रबार विहान दुई शव फेला परे । तर, दुवै शवको टाउको फेला परेको छैन ।
बिज्ञापन
प्रहरीका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ । गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा १ सय १० जनाको शव भेटिएको छ । सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा तिनवटै सुरक्षा निकायबाट ठुलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।

























