भोटेकोशी बाढी प्रभावितको पहिचान र परिवारसँग पुनर्मिलनका लागि बागमती सरकारको पहल

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित, घाइते, उद्धार गरिएका तथा हराइरहेका नागरिकको पहिचान र विवरण संकलन गरी परिवारसँग पुनर्मिलन गराउन बागमती प्रदेश सरकारले विशेष पहल थालेको छ।

बिज्ञापन

बागमती प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले ‘बागमती प्रदेश आपत्कालीन पुनर्मिलन प्रणाली’ (Bagamati Province Emergency Reunification System) सञ्चालनमा ल्याएको हो। उक्त प्रणालीमार्फत बाढीबाट प्रभावित नागरिकको अवस्था तथा विवरण हेर्न र हराइरहेका व्यक्तिबारे जानकारी रिपोर्ट गर्न सकिने मन्त्रालयले जनाएको छ।

बिज्ञापन

बाढीपछि परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएका व्यक्तिको खोजीमा सहजता ल्याउन प्रणालीमार्फत घाइते, उद्धार गरिएका तथा हराइरहेका नागरिकसम्बन्धी विवरण संकलन गरिनेछ। यसबाट प्रभावित व्यक्तिको पहिचान गर्न तथा उनीहरूलाई परिवारसँग पुनर्मिलन गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार आफू वा आफ्ना आफन्तसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न QR Code Scan गर्न सकिनेछ। त्यस्तै, digitalhealth.bagamati.gov.np/help-portal मा गएर प्रभावित तथा हराइरहेका व्यक्तिको विवरण हेर्न वा आवश्यक जानकारी रिपोर्ट गर्न सकिने व्यवस्था गरिएको छ।

बिज्ञापन

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको र कतिपय नागरिक अझै सम्पर्कविहीन रहेको अवस्थामा प्रदेश सरकारको यो प्रणालीले खोजी तथा पुनर्मिलन कार्यमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

मन्त्रालयले उक्त सूचना प्रभावित परिवार तथा समुदायसम्म अधिकतम रूपमा पुर्‍याउन सबैलाई आग्रह गरेको छ। हराइरहेका आफन्तको खोजीमा रहेका परिवारका लागि आफूले शेयर गरेको एउटा सूचना पनि महत्वपूर्ण हुन सक्ने भएकाले सूचना व्यापक रूपमा प्रसार गर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

भोटेकोशी बाढी प्रभावितको पहिचान र परिवारसँग पुनर्मिलनका लागि बागमती सरकारको पहल

रसुवा बाढीपीडितको सहारा बन्दै पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्

चीनतर्फ फुट्यो ठूलो ताल, रसुवामा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा

रसुवाको बाढी प्रभावित क्षेत्रमा ‘संघीय सरकार आकाश र फेसबुकमामा देखिन्छ, भुइँमा देखिँदैन’ : अध्यक्ष अर्याल

सरकारी कर्मचारीको २ देखि १० दिनको तलब काटिने, राहतकोषमा ३६ करोड जम्मा हुने

मृत्युलाई जितेर फर्किएका अधिकृतको कहालीलाग्दो अनुभव

बिशेष