पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्, त्रिपुरेश्वर, काठमाडौंले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ लाख २ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कोषका पदाधिकारी तथा कर्मचारी गरी १९ जनाबाट सो सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएके हो ।
बिज्ञापन
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान र डुबान निम्त्याई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्याएको छ । त्यसलाई मध्यनजर गर्दै बाढी प्रभावितहरुको उद्दार, घाइते तथा बिरामीको ओसारपोसार कार्यका पदाधिकारी तथा कर्मचारीहरूले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २ हजार सहयोग रकम जम्मा गरेका हुन ।
बिज्ञापन
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै ठूलो संख्यामा पशुचौपायासमेत प्रभावित तथा घाइते भएका छन्। विपद्को समयमा मानवीय उद्धारसँगै पशुपन्छीको स्वास्थ्य तथा सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएपछि परिषद्ले आर्थिक सहयोगसँगै प्रत्यक्ष रूपमा पशु स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरेको हो।
बाढीबाट प्रभावित तथा घाइते पशुहरूको उपचारका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहितको टोली आइतबार नै रसुवा, धादिङ र नुवाकोटतर्फ जाने तयारीमा रहेको कोषका रजिष्ट्रार जनक बहादुर रावलले जनाएका छन् । त्यका लागि औषधी तथा स्वास्थ्य सामाग्रीको संकलनमा परिषद्को टोली जुटिरहेको छ ।
बिज्ञापन

























