दुई नदीको दोभानमा ठूलो ताल निर्माण,तीनदिनभित्र फुट्न सक्ने जोखिम

चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमनजिक ठूलो प्राकृतिक बाँधयुक्त ताल (ब्यारियर लेक) बनेको जनाएको छ ।

बिज्ञापन

छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदी हुन । यी नदीहरू चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई बग्ने र नेपाल प्रवेश गरेपछि त्रिशूली नदीमा मिसिन्छन् । तिब्बत बाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशीरत्रिशूली नदी प्रणालीमा गाभिन्छन् ।

बिज्ञापन

चिनियाँ सरकारी टेलिभिजनका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ र तालबाट पानी बाहिरिन थालेको छ । आगामी तीन दिनभित्र थप ३० लाख घनमिटर पानी तालमा थपिने र जसले गर्दा ताल फुट्ने उच्च जोखिम देखिएको ‘चाइना सेन्ट्रल टेलिभिजन, सिसिटीभी’ले बिहीबार जनाएको छ।

मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने र यसले ताल फुट्ने जोखिम उच्च बनाएको चिनियाँ अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । समाचार अनुसार चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थाबारे नजिकबाट निगरानी गरिरहेको छ। साथै, सम्भावित रूपमा ताल फुट्ने अवस्थाको सामना गर्न र आपतकालीन उद्धार कार्यमा सहयोग पुर्‍याउन बाढी सम्बन्धी नक्कल अभ्यास तथा विश्लेषणहरू पनि गरिरहेको छ।

बिज्ञापन

चिनियाँ अधिकारीहरूले सम्भावित ताल फुटेमा त्यसबाट उत्पन्न हुने बाढीको जोखिमलाई समेत ध्यानमा राखेर आवश्यक पूर्वतयारी र उद्धार क्षमता बढाइरहेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दुई नदीको दोभानमा ठूलो ताल निर्माण,तीनदिनभित्र फुट्न सक्ने जोखिम

बाढीको वितण्डा : मृतकको संख्या २८९ पुग्यो

उद्धार- राहतलाई प्रभावकारी बनाउन ८ सहसचिवलाई फरक फरक जिम्मेवारी

बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

बाढी प्रभावितलाई महालक्ष्मी नगरपालिकाको ३० लाख सहयोग,कर्मचारीको सात दिनको तलब कट्टा

बाढीपछि भन्सारका १५ कर्मचारी वेपत्ता,खोजी जारी

सेनाको हेलिकोप्टरबाट १२३ जनाको उद्दार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित क्षेत्र प्रस्थान

बिशेष