उद्धार- राहतलाई प्रभावकारी बनाउन ८ सहसचिवलाई फरक फरक जिम्मेवारी

सरकारले भोटेकोशी–त्रिशूली बाढीमा परेकाहरुलाई उद्धार तथा राहतको प्रभावकारी काम गर्नका लागि ८ जना सहसचिवहरुलाई विभिन्न फरक फरक जिम्मेवारी दिएको छ ।

बिज्ञापन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,विपद्पछि बाढीमा परेकाहरुको उद्धार,खोज,प्रभावकारी उपचारदेखि शव पहिचान गर्नका लागि विभिन्न मन्त्रालयका सहसचिवहरुको नेतृत्वमा टोली बनाइएको हो ।
जस अनुासर, प्रभावकारी उपचारको व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य मन्त्रालयका सहसचिव डा हेमन्त चन्द्र ओझालाई तोकिएको छ भने उद्धार गरिएका, बेपत्ता तथा मृतकको नामावली सार्वजनिक गर्न गृह मन्त्रालयका सहसचिव फणीन्द्र पौडेललाई संयोजक तोकिएको छ । हराएका मानिसको तीव्र खोजतलासका लागि गृह मन्त्रालयका लोकेन्द्र अधिकारीलाई जिम्मेवारी तोकिएको छ । यस्तै प्राधिकरणका अनुसार,सञ्चार व्यवस्थापनको जिम्मेवारी सहसचिव गौरव गिरी,सहज हवाई उद्धार तथा उडान समन्वयका लागि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोललाई तोकिएको छ ।

बिज्ञापन

विद्युत् आपूर्तिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मोहन शाक्य, शव पहिचान तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयका डा समीर अधिकारी, साझेदार संघ–संस्थालाई आवश्यक सहजीकरण गर्न परराष्ट्र मन्त्रालयका सहसचिव कौशल किशोर राय, बेलिब्रिज व्यवस्थापन तथा अवरुद्ध सडक खुलाएर यातायात सहज बनाउन पूर्वाधार विकास मन्त्रालयका सहसचिव दिलीप भण्डारी र बाढीबाट भएको क्षतिको आकलन गर्न राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीलाई संयोजक तोकिएको प्राधिकरणले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दुई नदीको दोभानमा ठूलो ताल निर्माण,तीनदिनभित्र फुट्न सक्ने जोखिम

बाढीको वितण्डा : २७० को शव फेला

उद्धार- राहतलाई प्रभावकारी बनाउन ८ सहसचिवलाई फरक फरक जिम्मेवारी

बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

बाढी प्रभावितलाई महालक्ष्मी नगरपालिकाको ३० लाख सहयोग,कर्मचारीको सात दिनको तलब कट्टा

बाढीपछि भन्सारका १५ कर्मचारी वेपत्ता,खोजी जारी

सेनाको हेलिकोप्टरबाट १२३ जनाको उद्दार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित क्षेत्र प्रस्थान

बिशेष