बाढी प्रभावितलाई महालक्ष्मी नगरपालिकाको ३० लाख सहयोग,कर्मचारीको सात दिनको तलब कट्टा

महालक्ष्मी नगरपालिकाले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। सो रकम नगरपालिका विपद् कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी र त्यसपश्चात् उत्पन्न विपद्को घडीलाई मध्यनजर गर्दै उक्त रकम ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा प्रदान गर्ने निर्णय गरिएको पालिकाले जनाएको छ । यस्का अलवा महालक्ष्मी नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको तर्फबाट १ महिनाको सेवा सुविधा वापत हुन आउने रकम र नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको ७ दिन बराबरको तलबबाट कट्टा गरी हुन आऊने रकम समेत सहयोग गरिने पालिकाले जनाएको छ ।

बिज्ञापन

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान र डुबान निम्त्याई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । त्यसलाई मध्यनजर गर्दै बाढी प्रभावितहरुको उद्दार, घाइते तथा बिरामीको ओसारपोसार कार्यका लागि नगरपालिकाबाट नगरी प्रहरी सहितको एम्बुलेन्स समेत पठाएको प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगनाले जनाएका छन्् ।
बाढीमा परि महालक्ष्मी नगरपालिकाकाका कोही स्थानीय सम्पर्कविहिन भएको भए १० वटै वडा कार्यालय,प्रहरी प्रभाग इमाडोल,लुुभु,टिकाथली र जिल्ला प्रहरी परिसरमा सम्पर्क गर्न महालक्ष्मी नगरबासीहरुलाई अपिल गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उद्धार- राहतलाई प्रभावकारी बनाउन ८ सहसचिवलाई फरक फरक जिम्मेवारी

बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

बाढी प्रभावितलाई महालक्ष्मी नगरपालिकाको ३० लाख सहयोग,कर्मचारीको सात दिनको तलब कट्टा

बाढीपछि भन्सारका १५ कर्मचारी वेपत्ता,खोजी जारी

सेनाको हेलिकोप्टरबाट १२३ जनाको उद्दार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित क्षेत्र प्रस्थान

ट्रेड युनियनका भवन र सम्पत्ति जफत नगर्न सरकारलाई आदेश

गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक

बिशेष