बाढीपछि भन्सारका १५ कर्मचारी वेपत्ता,खोजी जारी

भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।

बिज्ञापन

त्यहाँ कार्यरत् ४० कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् । भन्सार विभागका अनुसार सम्पर्कमा आएका २५ कर्मचारीमध्ये २ जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अन्य ११ जना काठमाडौं आइपुगेका र उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।
यस्तै १५ कर्मचारीहरु भने सम्पर्कमा छैनन् । जसमा नहकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल,भीमबहादुर लामा,दिनेश घिमिरे,अनिता पुरी, प्रेमप्रसाद सेढाईहरु सम्पर्कभन्दा बाहिर रहेका छन् ।
यस्तै,गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली,राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्काहरु सम्पर्कमा रहेको भन्सा विभागले जनाएको छ । सम्पर्कभन्दा बाहिर रहेका कर्मचारीहरूका परिवारजनको उद्धार, सूचना आदान प्रदान र सहायताका लागि विभागले शाखा अधिकृतहरु कुमार घिमिरे सम्पर्क नम्बर ९८४१३६५९४८, भरतमणि सापकोटा ९८४९६४५०३० र शिवराज बोहरा ९८४९९३२२०२ सम्पर्क गर्न आग्रह गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

बाढी प्रभावितलाई महालक्ष्मीको ३० लाख सहयोग,कर्मचारीको सात दिनको तलब कट्टा

बाढीपछि भन्सारका १५ कर्मचारी वेपत्ता,खोजी जारी

सेनाको हेलिकोप्टरबाट १२३ जनाको उद्दार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित क्षेत्र प्रस्थान

ट्रेड युनियनका भवन र सम्पत्ति जफत नगर्न सरकारलाई आदेश

गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक

बुढानीलकण्ठ नगरपालिकाद्धारा प्रभावितका लागि १५ लाख ७२ हजार सहयोग

बिशेष