प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित क्षेत्र प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् । उनी बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी रहेका छन् । उनीहरुले नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिज्ञापन

भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिज्ञापन

साथै, सम्पूर्ण प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा राहत पुर्‍याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन उहाँहरूले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सेनाको हेलिकोप्टरबाट १२३ जनाको उद्दार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित क्षेत्र प्रस्थान

ट्रेड युनियनका भवन र सम्पत्ति जफत नगर्न सरकारलाई आदेश

गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक

बुढानीलकण्ठ नगरपालिकाद्धारा प्रभावितका लागि १५ लाख ७२ हजार सहयोग

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

बिशेष