भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवा । भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा रसुवागढीस्थित अध्यागमन कार्यालय र रसुवा भन्सार कार्यालयमा कार्यरत गरी कम्तीमा १९ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

बिज्ञापन

बाढीका कारण रसुवागढीस्थित अध्यागमन कार्यालयमा कार्यरत चार कर्मचारी सम्पर्कविहीन भएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिएका छन्। सम्पर्कविहीन हुनेमा कार्यालय प्रमुख तथा अध्यागमन अधिकृत यादव भण्डारी, नायब सुब्बा दुर्गाप्रसाद पोखरेल, खरिदार पार्वती मानन्धर र एक कार्यालय सहयोगी छन्।

बिज्ञापन

बाढी आएको समयमा उनीहरू कार्यालयमै कार्यरत रहेको बताइएको छ। बाढीले अध्यागमन कार्यालयसमेत पूर्णरूपमा बगाएको छ। कार्यालयमा पाँच जना कर्मचारी कार्यरत रहेकामा एक जना भने बिदामा रहेका थिए।

बाढी आउनुअघि अध्यागमन कार्यालयले करिब ८० वटा डिपार्चर जारी गरिसकेको विभागले जनाएको छ। त्यसपछि आएको बाढीका कारण कार्यालय तथा आसपासको क्षेत्रमा ठूलो क्षति पुगेको छ भने कर्मचारीहरूको अवस्थासमेत अज्ञात बनेको छ।

बिज्ञापन

त्यस्तै, रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी पनि बाढीपछि सम्पर्कविहीन रहेको जनाइएको छ। सम्पर्कविहीन हुने कर्मचारीहरूमा नकुल शर्मा, राजेन्द्र सोबहादुर, विष्णु भुसाल, दिनेश घिमिरे, अनिता पुरी, विकास तामाङ, भीम लामा, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेश दत्त जोशी, रामबहादुर नेपाली, राजु वली, विमल त्रिपाठी, प्रेम सेढाई र हरिबहादुर खड्का रहेका छन्।

भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी क्षेत्रका सरकारी कार्यालय, सुरक्षा निकायका संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि सम्पर्कविहीन कर्मचारीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

अध्यागमन र भन्सारजस्ता अत्यन्त संवेदनशील सरकारी कार्यालयमा कार्यरत कर्मचारी नै ठूलो संख्यामा सम्पर्कविहीन भएपछि घटनाले गम्भीर मानवीय संकटको रूप लिएको छ। सम्पर्कविहीन कर्मचारीहरूको अवस्था यकिन हुन बाँकी छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

बिशेष