मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मन्त्रिपरिषद्को आकस्मिक बैठकले विभिन्न १० निर्णयहरु गरेको छ । सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । आज बसेको क्याविनेटले विपद्‍बाट प्रभावित जिल्लाका स्थानीय तहहरुलाई तीन महिना अवधिका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । विपद् सङ्कटग्रस्त क्षेत्रमा आवश्यकता अनुसार सरकारी वा गैरसरकारी कार्यालय, शिक्षण संस्था वा अन्य संस्थालाई केही अवधिका लागि बन्द गर्ने, त्यस्तो क्षेत्रमा उद्धार कार्यमा प्रतिकूल असर पर्न सक्ने कुनै काम कारबाही गर्न नदिने, सरकारी वा गैरसरकारी कार्यालय, शिक्षण संस्था वा अन्य संस्थाका कर्मचारीलाई काजमा खटाउने लगायतका आदेश सरकारले दिन सक्छ ।
यस्तै बैठकले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको नेपाली सेना, स्वास्थ्य मन्त्रालय र सरकारी अस्पतालमार्फत तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

बिज्ञापन

बैठकले घरबार गुमाएका पीडितहरूलाई गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सुरक्षित स्थानमा राखी खाना र बस्ने प्रबन्ध गर्ने र मृतकका परिवारलाई कानुनबमोजिम तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

बिज्ञापन

साथै बैठकले सडक तथा खानेपानी, विद्युत् आपूर्ति र दूरसञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउने र पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोतको समन्वय गर्ने जिम्मा अर्थमन्त्रीलाई दिने निर्णय पनि आजको क्याविनेटले गरेको छ ।

परराष्ट्र मन्त्रालयमार्फत चीन र भारत सरकारसँग आवश्यक संवाद तथा समन्वय भइरहेको र दुवै देशबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको र उद्धारका लागि सम्पर्क गर्दा ह्वाट्सएप मार्फत जिओ–लोकेसन सेयर गर्ने वा सम्भव नभए आगो बालेर वा धुवाँ निकालेर हेलिकप्टरलाई संकेत गर्न सरकारले आग्रह गरेको छ भने अनुमतिबिना ड्रोन उडाउन रोक लगाइएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई एक- एक करोड पठाइँदै

रसुवा भन्सारका दुई दर्जन कर्मचारी सम्पर्कविहीन

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

बिशेष