रसुवामा तिब्बततर्फबाट आएको बाढीले रसुवा,नुवाकोट,धादिङ सहितका जिल्लामा ठूलो जनधनको क्षति भएको रसुवा जिल्लाका एक स्थानीय युवा अर्जुन न्यौपानेले आफूहरू मैलुङको भिरमा सुरक्षित रहेको तर तीन सय भन्दा बढी व्यक्तिहरु उद्धारको पर्खाइमा रहेको बताएका छन् ।
बिज्ञापन
सामाजिक सञ्जालबाटै उनले आफूसहित ६ जना ओडारमा सुरक्षित रहेको उल्लेख गरेका छन् । बाढीका कारण मैलुङ माथिको पाखामा आफू र आफ्ना केही साथीहरू सुरक्षित रहेको जानकारी दिँदै न्यौपानेले आफूहरू भन्दा अप्ठ्यारोमा परेका अन्य ३०० जनाभन्दा बढी मानिसहरूको उद्धार गर्न सरकारसँग माग गरेका छन् ।
बिज्ञापन
न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, हामी ८ जना अहिले मैलुङ माथि पाखाको ओडारमा छौँ। फोन उठाउन सकिन्न । कृपया धेरै साथीलाई बगायो। ३०० भन्दा बढी फसिरहेको देखिरहेका छौँ। राज्य छ भने हेलिकप्टरले उहाँहरूको उद्धार गरिदिनुस् ।’
उनले आफूहरु साँझसम्म तल झर्न सक्ने बताउँदै अरुको ज्यान बचाइदिन,उद्धार गरिदिन आग्रह गरेका छन् ।

























